सिवाईसी साकोसको आयोजनामा सिकाइ व्यवस्थापन कार्यशाला


बाग्लुङ । सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बाग्लुङको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा ३०औँ कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला पाम वर्कशप सम्पन्न भएको थियो । उक्त कार्यशालाको उद्घाटन कार्यक्रममा बोल्दै सिवाईसी साकोसका अध्यक्ष एवं नेफ्स्कूनका केन्द्रीय सञ्चालक चण्डीप्रसाद शर्मा पौडेलले एक्सेस कार्यक्रमको पाम कार्यशालाले संस्थाको सिकाई आदान–प्रदानलाई प्रभावकारी बनाई संस्थाको आन्तरिक मजवुती र व्यवस्थापनमा सहयोग पुराउँदै आएको र संस्थाहरुले कार्यशालाबाट हुने सिकाईलाई प्रभावकारी कार्यान्वय गर्नु पर्ने बताउनुभएको थियो ।

उक्त सिवाईसी सकोसका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेको सञ्चालन, उपाध्यक्ष गण्डकी थापा अधिकारीको स्वागतमा उद्घाटन कार्यक्रममा नेफ्स्कून सदस्य सेवा उपसमिति सदस्य लेखनाथ खरेल, सिवाईसी साकोसका सल्लाहकार सिता शर्मा लगाएतले बोल्नुभएको थियो भने कार्यशालामा सहकारी उच्च व्यवस्थापन संस्थाहरुको पहिल्लो तिन महिनाको उपलब्धिको प्रस्तुति गरेका थिए ।

त्यसैगरी पश्चिम ब्याच तेस्रो कलष्टरमा सिवाईसी सकोस बाग्लुङ, लुम्बिनी सुनवल साकोस, नवलपरासी, सयपत्री साकोस, नवलपरासी, नमूना महिला साकोस, रुपन्देही, उपकार साकोस, स्याङजा, सुर्योदय साकोस, स्याङजा, भिमकुल साकोस, गोरखा, सप्तकोशी साकोस, गोरखा, लेकाली स्वावलम्बन साकोस, गुल्मी, जनसेवा साकोस, कास्की, गैडाकोट स्वाभिमान साकोस, नवलपरासी र सामुहिक विकास साकोस, रुपन्देही गरी १२ वटा बचत तथा ऋण सहकारी संस्थाहरु एक्सेस व्राण्डीङ तयारीमा रहेका थिए ।

हरेक तीन महिनामा एक्सेस कार्यक्रमका ब्याच सदस्य संस्थाको आयोजनामा यो कार्यक्रम फरक–फरक स्थानमा हुँदै आइरहेको थियो । जसमा संस्थाबाट सञ्चालक तथा एक्सेस कार्यक्रम कार्यदल तथा उच्च व्यवस्थापनबाट गरी अनिवार्य रुपमा २ जनाको सहभागीता रहँदै आइरहको थियो भने कार्यशाला कार्यक्रमको सहजीकरण नेफ्स्कूनका वरिष्ठ अधिकृत भरत न्यौपाने र कार्यक्रम अधिकृत सन्दिपराज ढकालले गर्नुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न