पूर्वीद्वार साकोसको बाल क्लब मेचीनगर गठन


मेचीनगर, पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाले मेचीनगरमा बाल क्लब गठन गरेको थियो । उक्त संस्थाले प्रधान कार्यालय धुलाबारीमा एक कार्यक्रमको आयोजना गरेर बाल क्लब मेचीनगर गठन गरी बाल क्लब मेचीनगरको अध्यक्षमा आश्रय अधिकारी सर्वसम्मत चयन हुनुभएको थियो । त्यसैगरी अध्यक्ष अधिकारीको नेतृत्वमा गठित ११ सदस्यीय कार्य समितिको जसको उपाध्यक्षमा प्रशान्त गुरगाई र सचिवमा प्रज्ञा ढुङ्गेल चयन हुनुभएको थियो भने गुरागाई भुकृटीका अध्यक्ष र ढुङ्गेल काँकरभिट्टा सेवा केन्द्रको बाल क्लब सचिव भएको र सदस्यहरुमा निशा दुलाल, लक्ष्मी अधिकारी, अञ्जली बुढाथोकी, सुस्मिता थापा, पुकार खतिवडा, पुर्णिमा धिताल, श्रृष्टी कार्की र निरज खड्का रहनुभएको थियो ।

निशा भुकृटीकी सचिव, लक्ष्मी खुट्टीडाँगीकी सचिव, अञ्जली काँकरभिट्टाकी अध्यक्ष, सुस्मिता प्रधान कार्यालय धुलाबारी बाल क्लबकी अध्यक्ष, पुकार धाइजनका अध्यक्ष, पूर्णिमा ज्यामिरगढीकी अध्यक्ष, श्रृष्टी ईटाभट्टाकी अध्यक्ष र निरज गोमनसरी सेवा केन्द्रको बाल क्लबका अध्यक्ष हुन् । यसअघि संस्थाको प्रधान कार्यालयसहित ८ वटै सेवा केन्द्रमा बाल क्लब गठन भएको थियो भने सेवा केन्द्रहरुमा भएको बाल क्लबहरुको संयुक्त भेलाले नै मेचीनगर बाल क्लब गठन गरिएको संस्थाका अध्यक्ष विपी भट्टराईले जानकारी गराउनुभएको थियो ।

अध्यक्ष भट्टराईले बालबालिकालाई बाल वचत गर्न सिकाउने, सहकारी सम्बन्धी पुस्तक अध्ययन गराउने, हाजिरी जवाफ, विभिन्न खेलकुद गतिविधिका विषयमा प्रतियोगिता गराउने लगायतका बाल कार्यक्रमहरु गर्ने उद्देश्यले बाल क्लब गठन गरिएको बताउनुभएको थियो । उक्त भेलामा संस्थाका सञ्चालक समिति सदस्य एवम् पूर्व अध्यक्ष चेतराज विष्ट, सचिव जीतबहादुर खड्का, सेवा केन्द्रका संयोजकहरु, कार्यालयका प्रमुखहरु, कर्मचारी, बाल क्लबका सदस्य तथा पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।

त्यसैगरी भेलामा संस्थाकी सञ्चालक सदस्य एवम् महिला तथा बालबालिका उपसमिति संयोजक कुश्मीकुमारी चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष मणिराम खतिवडा र सञ्चालन व्यवस्थापक प्रलाद खड्काले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न