ज्योति मिर्मिरे सामूहिक साकोसको ९औँ एकिकरण दिवस


काभ्रे । पनौती स्थित ज्योति मिर्मिरे सामूहिक साकोसको ९औँ एकिकरण दिवस राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष उद्धव सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो । दिगो र उत्कृष्ट वित्तिय सहकारीको परिकल्पना गरी समुदायमा आधारित भएर सञ्चालित ज्योति मिर्मिरे सामूहिक साकोस ०७८ माघ मसान्त सम्ममा आइपुग्दा पनौती, बनेपा, धुलिखेल ,पाँचखाल, मण्डनदेउपुर, नमोवुद्ध नगरपालिका र बेथानचोक गाउँपालिका कार्यक्षेत्र बनाई हाल १३५०० शेयर सदस्य तथा १३७८ बाल बचतकर्ता सदस्यहरु मार्फत करिब कूल १ अर्व माथिको कारोवार पुगेको थियो भने सदस्य सेवालाई प्रतिस्पर्धी र अन्य संस्थाहरुको तुलनामा गुणस्तरीय बनाउनका लागि आधुनिक प्रविधिको अधिकतम उपयोग गरी व्यवस्थित तथा पूर्ण व्यवसायिक ढङ्गबाट संस्थाको कारोवार सञ्चालन भएको ब्यहोरा अर्धवार्षिक वुलेटिन मार्फत प्रस्तुत गरिएको थियो ।

प्रमुख अतिथि आदरणीय महासंघका अध्यक्ष कडेलले नेपालको अर्थतन्त्रमा सहकारीले पुर्‍याएको योग्दानको चर्चा गर्दै अबका दिनमा सहकारीको ध्यान गरिबि निवारण तथा उत्पादनमा र सदस्यलाई आत्मनिर्भर समृद्ध गर्ने विषयमा केन्द्रीत हुनपर्नेमा जोड दिदै आत्मनिर्भरताका लागि सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने कुरा उल्लेख गर्दै महासंघले आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्माले संस्थाले गरेका क्रियाकलापको प्रशंसा गर्दै जिल्लामा अब्बल संस्थाको रुपमा स्थापीत भई नमूना संस्थाको परिचय बनाउन शुभकामना व्यक्त गर्दै जिल्ला सहकारी संघ आवश्यक सहयोग गर्न तयार रहेको जानकारी गराउनुभएको थियो । उक्त जिल्ला बचत संघका उपाध्यक्ष सागरनाथ कपाली, पनौती नगरपालिकाका कृषि तथा पशुपन्छी शाखा प्रमुख मणिप्रसाद सापकोटाले पनि संस्थाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

उक्त संस्थाका सचिव दिपकप्रसाद दाहालको सञ्चालन तथा संस्थाका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ३५३ जनालाई काठमाडौं मेडिकल कलेजको सहयोगमा निःशुल्क विविध स्वास्थ्य परीक्षण, संस्थामा आवद्ध हुनुभएका सदस्यहरु मध्ये ७० वर्ष भन्दा माथिका ११९ जना जेष्ठ सदस्यहरुलाई वार्षिक रु ५०० भत्ता सहित सम्मान साथै बैंक र बचत तथा ऋण सहकारीहरुमा मानव श्रोत व्यवस्थापनको तुलनात्मक अध्ययन विषयमा सोधपत्र सहित विद्यावारिधी प्राप्त गरी सहकारी अभियानमा पुर्याउनुभएको योगदानलाई कदर गर्दै पनौती न.पा.वडा नं ४ निवासी डा. शिवजी सापकोटालाई सम्मान प्रदान गरिएको थियो भने संस्थाका उत्कृष्ट ऋणी, बचतकर्ता,सहित १३ जना महानुभावहरुलाई सम्मान समेत गरिएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन