साकोसहरुबीच असल सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न


काठमाडौं । कदर बचत तथा ऋण सहकारी संस्था लि. न्यूरोड काठमाडौंको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम अन्तर्गत काठमाडौं तेस्रो क्लष्टरको दशौं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला सम्पन्न भएको थियो । आयोजक साकोसका अध्यक्ष बिरेन्द्रमान शाक्यको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौडेल र विशेष अतिथि नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोख्रेल हुनुभएको थियो ।

प्रमुख अतिथि पौडेलले संघले सञ्चालन गरेका गुणस्तर सुनिश्चितताका कार्यक्रमबारे जानकारी गराउँदै संस्थागत विकास र सुशासनमा स्तरीकरण कार्यक्रमको उपादेयतामाथि चर्चा गर्दै उहाँले साकोसहरुलाई प्रविधियुक्त बनाउन एकीकृत प्रविधि विकासमा नेफ्स्कूनले काम गरिरहेको बताउनुभएको थियो भने साकोसहरुले संस्थागत क्षमता विकास, मानव संशाधन विकास र गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राख्नुपर्नेमा समेत जोड दिनुभएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोख्रेलले कार्यशालामा सहभागी साकोस प्रतिनिधिहरुलाई साकोसको संस्थागत विकास र वित्तीय सूचकहरुमा कार्ययोजना बनाएर अघि बढ्न आग्रह गर्नुभएको थियो भने साकोस सुरक्षा कवचको रुपमा रहेको स्थिरीकरण कोषमा योग्दान गरी सुरक्षित रहन अनुरोध गर्दै सहभागीहरुको कोष सम्बन्धी जिज्ञासाहरुबारे प्रष्ट पार्नुभएको थियो । उक्त कार्यक्रममा काठमाडौंका ८ साकोसः कदर साकोस, भृकुटीमण्डप साकोस, डल्लुएकता साकोस, खुशी खुशी साकोस, शुभसेवा साकोस, चौतारी साकोस, धादिङ मन्डली साकोस र देग साकोसका प्रतिनिधिहरुबाट संस्थाको वित्तीय प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

नेफ्स्कूनकी कार्यक्रम अधिकृत सोबिता मैनालीले सञ्चालक समिति र ब्याबस्थापन बिचको सम्बन्ध र भुमिकाका बिषय तथा कास्कूनका तालिम अधिकृत नवराज सुवेदीले बिभागबाट जारी ८८ बुदे एकीकृत निर्देशनका बिषयमा प्रस्तुतीकरण गर्नुभएको थियो भने सो कार्यक्रममा नेफ्स्कून न्यूरोड फिल्ड इन्चार्ज मनोज कार्की पनि सहभागी हुनुनुभएको थियो । त्यसैगरी कार्यशालामा सहभागी साकोसहरुले असल कार्यअभ्यासहरुको आदान प्रदानका साथै आगामी कार्ययोजनाबारे जानकारी गराउँदै आगामी कार्यशाला २०७९ जेठ १७ गते शुभ सेवा साकोसको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा गर्ने निर्णय समेत गरेको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न