मनकामना साकोस बनेपाको संस्थागत विकास तालिम सुरु
सौराहा । मनकामना बचत तथा ऋण सहकारी संस्था लि. बनेपा-५ को आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको प्राविधिक सहयोगमा सञ्चालन हुने संस्थागत विकास तालिम चितवनको सौराहमा सुरु भएको थियो । उक्त संस्थाका सचिव होमनाथ ढुङ्गेलले कार्यक्रम सञ्चालन गर्नुभएको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष बालकृष्ण दाहालले गर्नुभएको थियो भने कार्यक्रममा प्रमुख आतिथ्यता नेफ्स्कूनका सदस्य सेवा विभागका प्रमुख गणेशप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।
त्यसैगरी, अतिथिको रुपमा मनकामना साकोसका लेखा समिति संयोजक मोटप्रसाद सापकोटा, नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरे र संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहाल रहनुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष गोपालप्रसाद घिमिरेले राख्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा नेफ्स्कूनका प्राचार्य गणेशप्रसाद तिमिल्सिनाले रणनीतिक योजना बनाई सफल कार्यान्वयनमा सिङ्गो टिम लाग्दा संस्थाले ठुलै फड्को मार्ने समेत बताउँनुभएको थियो । त्यसैगरि उहाँले संस्थागत सुशाासन र सदस्यता केन्द्रियतालाई कडाईका साथ पालना गर्नुपर्ने बताउनुभएको थियो भने उक्त तालिममा मनकामना साकोसका २० जनाको सहभागिता रहेको थियो ।