हार्डफोर्ड साकोसका सञ्चालकहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न


काठमाडौंको धुम्बाराहीस्थित हार्डफोर्ड साकोसका सञ्चालकहरुको क्षमता विकास आधारभूत तालिम भएको थियो । उक्त साकोसका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र विभिन्न उपसमिति सदस्यहरु सम्मिलित तालिमको अध्यक्षता साकोसका अध्यक्ष लम्बोदर घिमिरेले गर्नुभएको थियो ।

तालिम समापन समारोहका प्रमुख अतिथि काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ कास्कूनका पूर्व अध्यक्ष शम्भू घिमिरेले तालिममा सिकेको विषयवस्तु साकोसमा लागु गरि सुशासित र सबल संस्था निर्माणमा ध्यान दिन अनुरोध समेत गर्नुभएको थियो भने दुई दिवसीय उक्त तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले गुर्नभएको थियो ।

त्यसैगरी सहभागीहरुलाई प्रमुख अतिथि घिमिरेले प्रमाणपत्र प्रदान गर्नुभएको थियो भने उक्त साकोसको कुल २६ करोड ३४ लाखको वासलात रहेको छ ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन