सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता भन्ने नाराका साथ आज ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । नारी आन्दोलनको झल्को दिने दिन र नारी अधिकारको खोजी दिनको रुपमा हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन शुरु भएको मानिन्छ ।
नेपालको संविधानले लैंगिक समानताको प्रत्याभूति गर्न महत्वपूर्ण प्रावधानको व्यवस्था गरेको थियो । यसबाट महिलाप्रति हुने हिंसा र विभेद हटाउन ठूलो मद्दत पुगेको थियो । महिला दिवसको अवसरमा नेपालमा पनि विभिन्न संघ-संस्थाहरुले विविध कार्यक्रमको आयोजना गरेका थिए ।
त्यसैगरी काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजना र विभिन्न बचत तथा ऋण सहकारी संस्थाहरुको सहयोगमा काठमाडौंमा सामाजिक न्याय र लैंङ्गिक समानताः दिगो विकासको सुनिश्चितता विषयक गोष्ठी सम्पन्न भएको थियो भने आज ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ले सहकारीमा महिला सशक्तिकरण विषयक एक दिवसीय कार्यशाला गोष्ठीको आयोजना गर्दै छ ।
यस बर्ष संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय महिला दिवसको थिम“Gender equality today for a sustainable tomorrow” घोषणा गरेको थियो भने विभेदको अन्त्य (BREAK THE BIAS! ) का लागि ऐक्यवद्धता जाहेर गर्न आव्हान समेत गरेको थियो ।
Leave a Reply