ललितपुर । “सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चिता” भन्ने नाराका साथ ८ मार्च मा मनाईने ११२औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा राष्ट्रिय सहकारी बैंक लिमिटेडको विभिन्न शाखाहरुले सहकारीमा महिला र यूवाको गुणस्तरीय सहभागिता विषयक लघु गोष्ठीको आयोजना गरी कार्यक्रम गरेका थिए ।
बैंकको महेन्द्रनगर, धनगढी, ईटहरी, पुतलीबजार, सुन्दरहरैचा र भैरहवा शाखाले स्थानियस्तरमा रहेका सहकारी संघ-संस्थाको महिला सञ्चालक तथा कर्मचारीहरुको सहभागितामा सहकारीमा महिला र यूवाको गुणस्तरीय सहभागिता विषयक कार्यक्रममा आ–आफ्नो सहकारीमा महिला र यूवाको सहभागिताको अवस्था र संस्थाले यसका लागि लिएको रणनितिक योजनाहरुको विषयमा छलफल एवम् प्रस्तुती समेत भएको थियो ।
सहकारी संघ-संस्थामा महिला र यूवाको गुणस्तरीय सहभागिता गराउने उद्देश्यका साथ बैंकले ६८ वटै शाखा कार्यालय मार्फत लघु गोष्ठी कार्यक्रम गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताउनुभएको थियो ।
भैरहवा र धनगढी शाखाले आयोजना गरेको कार्यक्रममा बैंकका सञ्चालक माधवलाल देवकोटा र शिवा थापा, महेन्द्रनगर शाखाले गरेको कार्यक्रममा बैंकको लघुवित्त उप–समितिका सदस्य गणेशबहादुर चन्द, जिल्ला बहुउद्देश्यीय सहकारी संघ कञ्चनपुरका अध्यक्ष प्रेम सिंह भाट, त्यसैगरी ईटहरीमा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकको ईटहरी शाखा समन्वय उपसमितिका संयोजक एवम् राष्ट्रिय सहकारी महासंघको लेखा तथा सुपरिवेक्षण समितिका सदस्य सोमबहादुर श्रेष्ठ, लगायत सहकारी संघ-संस्थाका महिला र यूवा सञ्चालक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
Leave a Reply