नयाँपाटी साकोसको सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न


काठमाडौंको गोकर्णेश्वर–५ मा अवस्थित नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाको सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम (CUDCC- Credit Union Director’s Competency Course) चितवनको सौराहामा सम्पन्न भएको थियो । उक्त तालिम नेफ्स्कूनको प्राविधिक सहजीकरणमा भएको थियो भने संस्थाका अध्यक्ष गौतम खनालको सभापतित्व र नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख गणेश तिमिल्सिनाकोे प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको थियो ।

उक्त तालिमको समापन सत्र नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारीको प्रमुख आतिथ्यतामा सन्पन्न भएको थियो । सो तालिममा साकोसका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, उपसमिति र प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापन कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

तालिम सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत द्वय बल्लभ तिमिल्सिना र प्रेमनाथ वाग्लेले गर्नुभएको थियो । उक्त तालिममा सञ्चालक समितिको काम, कर्तव्य, दायित्व र आधारभूत ज्ञान सीप, समितिको प्रभावकारिता, सञ्चालक समिति र व्यवस्थापकबीचको सम्बन्ध, वस्तु तथा सेवाहरुको विकास, साकोसमा वित्तीय व्यवस्थापन र पल्स विश्लेषण, सिकाई व्यवस्थापन कार्ययोजना, ऋण लगाानी तथा असुलीमा सञ्चालकहरुको भुमिका, भाखा नाघेको ऋण व्यवस्थापन, सुशासन लगायत विविध विषयहरुमा छलफल तथा प्रयोगात्मक कृयाकलापहरु गरिएको थियो ।

त्यसैगरी समापन समारोहका अवसरमा साकोसको तर्फबाट पृष्ठपोषण तथा प्रतिवद्धता स्वरुप २१ बुदे प्रतिज्ञा पत्र सम्पूर्ण सहभागीहरुको हस्ताक्षर सहित जारी गरिएको थियो भने संस्थाका अध्यक्ष खनालले CUDCC तालिम नयाँपाटी साकोसमा सुशासन कायम गर्नको लागि अत्यन्तै उपलब्धीमुलक रहेको र यसले आगामी दिनमा संस्थागत सुशासन बलियो हुनेमा विश्वस्त रहेको जानकारी गराउनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न