एन एफ आर एस तालिम सुरु


नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनको आयोजनामा  Nepal Financial Reporting Standard (NFRS) को ३ दिने आवासीय तालिम नगरकोटमा भएको थियो । १ अर्ब भन्दा माथि वासलात भएका संस्थाहरुमा Accounting Standard Board, Nepal , ले Full NFRS कार्यान्वयनमा ल्याउने प्रावधानसँगै वित्तीय सहकारीहरुमा पनि कार्यान्वयनमा लैजान यस तालिमको आयोजना भएको थियो भने २० वटा साकोसहरुबाट प्रमुख कार्यकारी अधिकृत एवं उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता रहेको यस तालीमको सहजकर्ता सि.ए. प्रबिन बराल रहनुभएको थियो ।

उक्त तालिम कार्यक्रमको उद्घाटन गर्दै संघका अध्यक्ष परितोष पौडेलले नेपालको साकोस अभियान अन्तर्राष्टिय स्तरमा पहिचान बनाउन सफल भएको र गुणस्तर सुनिश्चितता कार्यक्रम एक्सेसमा आवद्ध संस्थाहरुले पठाउने प्रतिवेदनमा Disclaimer को रुपमा अनुरुपको प्रतिवेदन नभएको उल्लेख हुँदा अन्तर्राष्टिय फोरमहरुमा हाम्रा उपलब्धिहरुलाई प्रतिवेदनमार्फत सार्वजनिक गर्दा बुझाईमा जटिलता हुने गरेको स्मरण गर्दै अब यी जटिलताहरु समाप्त हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

हाल प्रचलनमा रहेको लेखामान र NFRS मा देखिएका भिन्नताहरुलाई कानुनी रुपमा सम्बोधन गर्नुपर्ने विषयहरुमा विभागसँग छलफल गरी निष्कर्षमा पुग्न नेफ्स्कूनले पहलकदमी लिने समेत बताउनुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन