ब्राण्डिङ कार्यक्रमबारे सञ्चालक तथा कर्मचारीहरूलाई अभिमुखीकरण


काठमाडौं । काभ्रेको बनेपास्थित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको शिक्षा तथा प्रकाशन उपसमितिको आयोजनामा एक्सेस अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो । उक्त साकोसको २१औं वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समीति ,लेखा सुपरीवेक्षण समिति र तत्पश्चात नियुक्त उपसमिति सहित नयाँ कर्मचारीहरुलाई एक्सेस कार्यक्रमबारे जानकारी गराउने उद्देश्यसहित अभिमुखीकरण आयोजना गरिएको साकोसले जनाएको थियो भने एक्सेस कार्यक्रमका सम्बन्धमा ज्ञान तथा धारणा विकास गर्ने र पुराना समिति, उपसमितिका पदाधिकारी तथा सदस्यहरु र कर्मचारीहरुलाई समेत पूर्नताजगी प्रदान गरी साकोसको गुणस्तर अभिवृद्धिमा थप उर्जा थपिने विश्वास लिइएको साकोसका शिक्षा तथा प्रकाशन उपसमितिका संयोजक प्रकाश भुर्तेलले जानकारी गराउनुभएको थियो ।

उक्त कार्यक्रम शिक्षा तथा प्रकाशन उपसमितिका संयोजक भुर्तेलको सभापतित्व र साकोसका अध्यक्ष कैलाश के.सी। को प्रमुख आतिथ्यतामा भएको थियो भने अभिमुखीकरण सहजकर्ता नेफ्स्कूनका व्यवसाय विभाग प्रमुख दुर्गाप्रसाद ढकाल हुनुभएको थियो ।

सो कार्यक्रममा सहजकर्ता दुर्गाप्रसाद ढकालले एक्सेसका ८६ वटै सूचकहरुको बारेमा सहभागीहरुलाई जानकारी गराउँदै सहकारी संस्था सञ्चालनमा सुरक्षित र गुणस्तरीय सेवा प्रवाहको संस्कार मार्फत सदस्यहरुको सन्तुष्टीलाई प्राथमिकतामा राखी बचत तथा ऋण सहकारी अभियानको गुणस्तरी छवि सुनिश्चित गराउने कार्यक्रमको सोच रहेको जानकारी समेत गराउनुभएको थियो ।

एसियाली ऋण महासंघ अकुको प्राविधिक सहजीकरणमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनले २०६३ देखि एक्सेस कार्यक्रम कार्यान्वयनमा ल्याएको थियो । उक्त एक्सेस कार्यक्रम बचत तथा ऋण सहकारीहरुमा स्वः नियमनमार्फत गुणस्तर कायम गर्न अंकुद्वारा विकास गरिएको गुणस्तर सुनिश्चितता एवं अन्तर्राष्ट्रिय प्रतिकीकरण एक्सेस ब्राण्डिङ कार्यक्रम हो भने कार्यक्रम सञ्चालन साकोसका प्रमुख कार्यकारी अधिकृत रामृष्ण रायक्षेत्रीले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न