प्रदेश सहकारी ऐन संशोधनका लागि बागमती प्रदेशमा निवेदन दर्ता


भक्तपुर । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड भक्तपुरले प्रदेश सहकारी ऐन संशोधनको माग सहित बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष निवेदन पेश गरेको थियो । उक्त बचत संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुको नेतृत्वमा गएको टोलीले प्रदेश सहकारी ऐन २०७६ मा रहेको एक व्यक्ति एक भन्दा बढी सहकारीमा सदस्य बन्न नपाउने व्यवस्था संशोधनका लागि सभामुख समक्ष निवेदन बुझाएको थियो ।

प्रदेश सभा नियमावलीमा भएको व्यवस्था अनुरुप सहकारीका सचेत नागरिक तथा सहकारीकर्मीहरुले सहकारी ऐन संशोधनको विषमा उठाएका सवालहरुलाई नियमावलीमा उल्लेखित विधि तथा प्रक्रिया अनुरुप अगाडि बढाइने सभामुख सानुकुमार श्रेष्ठले बताउनुभएको थियो भने उहाँले सरकारले बनाएका सबै ऐन कानुनहरु जनताको अनुकुलमा हुदैंनन्, जनतालाई प्रतिकुल भएका विषयहरु सडकमा आन्दोलन गरी, सभा समारोहमा बोलेर संशोधन हुने पनि होइन र त्यसका लागि प्रक्रियागत ढंगबाट ती विषयहरु सरकारमा उठाउन तीन जना प्रतिनिधि सभाका सदस्यको दस्तखत र सय जना नेपाली नागरिकको दस्तखत सहीतको निवेदन माफर्त प्राइभेट विलको रुपमा प्रदेश सभामा छलफलको विषय बन्ने प्रावधान रहेको खुरा बताउनुभएको थियो ।

उक्त संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले कानुनमा व्यवस्था भए अनुसार प्रदेश सभा सदस्य माननीय शंशीजंग थापा, माननीय प्रतिमा श्रेष्ठ र माननीय सृजना सैंजु सहित एकसय जना नेपाली नागरिकको दस्तखतमा सहकारी ऐन संशोधनका लागि निवेदनको दर्ता गरिएको समेत बताउनुभएको थियो भने नेपालको संविधानमा उल्लेखित मौलिक हक र अन्तराष्ट्रिय सहकारी सिद्धान्तको पहिलो सिद्धान्त स्वेच्छिक तथा खुल्ला सिद्धान्त विपरित एक व्यक्ति एक सहकारीको व्यवस्था रहेको बताउदैं तत्काल संशोधन गरी सहकारी व्यवसाय सञ्चालनमा सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।

त्यसैगरी संघका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमितिका सदस्यहरु र कर्मचारीहरु गरी २४ जनाको टोली उक्त निवेदन दर्ताका क्रममा प्रदेश सभा सचिवालय पुगेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न