सुनवन नगरपालिका–३, नवलपरासीका ९२ जना महिलाहरुले निःशुल्क स्वास्थ्य शिविर मार्फत प्रजनन् स्वास्थ्य परीक्षण गराईएको थियो । सयपत्री साकोस सुनवलको आयोजना तथा स्थानिय जागृती आमा समुहको सहयोगमा सम्पन्न एक दिने निःशुल्क प्रजनन् स्वास्थ्य शिविरमा महिलाहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।
११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर सञ्चालित शिविरमा महिलाहरुको पाठेघर खस्ने समस्याको पहिचान, पाठेघरको मुखमा मासु पलाएको र फिस्टुलाको परीक्षणका साथै अन्य स्त्री रोगहरुका सम्बन्धमा बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. सुर्यप्रसाद रिमालले परीक्षण गर्नुभएको थियो भने स्वास्थ्य सचेतना समेत प्रदान गर्नुभएको थियो ।
समाजमा आर्थिक रुपान्तरणको अभियानलाई तीब्र रुपमा अगाडि बढाईरहेको सयपत्री बचत तथा ऋण सहकारी संस्थाले विभिन्न सामाजिक उत्तरदायित्वपूर्ण कार्यक्रमः निःशुल्क स्वास्थ्य शिविर, स्वस्थ वातावरण अभियान, वित्तीय शिक्षा सहित करिब ३५ सय सदस्यहरुमाझ गुणस्तरीय वित्तीय तथा गैरवित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
Leave a Reply