सञ्चालक तथा उपसमिति सदस्यका लागि डिजिटल सेवासम्बन्धी अभिमुखीकरण


रुपन्देही । टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्थाको आयोजना, शिक्षा उपसमितिको संयोजनमा डिजिटल सेवा, प्रतिबेदन अध्ययन तथा उपसमिति कार्यविधि अभिमुखीकरण कार्यक्रम भैरहवा स्थित ग्रान्ड किचन सभाहलमा सम्पन्न भएको थियो ।

शिक्षा उपसमिति संयोजक तथा सञ्चालक गोकुल पोख्रेलको अध्यक्षता तथा संस्था अध्यक्ष डी.बी. थापाको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा बिशिष्ट आथित्यता वरिष्ठ सल्लाहकार भीमबहादुर पुनको रहेको थियो भने सञ्चालक, लेखा र उपसमितिका पदाधिकारी लक्षित उक्त कार्यक्रममा इन्फो डेभलपर्स प्रा.लि. बुटवल प्रमुख रमेश पाण्डेयबाट डिजिटल सेवा मोबाइल बैंकिंग सम्वन्धी, उपसमिति कार्यविधि सम्वन्धी सचिव जितबहादुर रास्कोटी र मुख्य प्रवन्धक लक्ष्मणकुमार थापाले प्रतिबेदन अध्ययन सम्वन्धी अभिमुखीकरण गराउनुभएको थियो ।

 

 

 

 

 

 

 

 

प्रमुख अतिथि थापाले साकोसलाई नीति, विधि र प्रविधिबाट सञ्चालन गरिरहेको सन्दर्भमा थप मद्दत पुर्याउन कार्यक्रम आयोजना गरिएको बताउदै सहभागीलाई संस्थाको भए गरेको क्रियाकलाप बारे संक्षेपमा जानकारी समेत गराउनुभएको थियो भने सो संस्थाले उच्चतम प्रविधिको डिजिटल सेवा सदस्यलाई उपलव्ध गराइरहेको हुँदा सहभागीले सिकेर सदस्यमाझ चेतना फैलाउनुपर्ने बताउनुभएको थियो । त्यसैगरी सचिव रास्कोटीले साकोसले निर्माण गरेको उपसमितिको गठन, सञ्चालन र कार्यबिबरण सम्वन्धी आन्तरिक कार्यविधि सम्वन्धी जानकारी गराउदै स्थाई रुपमा गठन हुने र पटके रुपमा गठन हुने उपसमितिको काम, कर्तव्य र जिम्मेवारी बारे अभिमुखीकरण गराउनुभएको थियो ।

मुख्य प्रवन्धक थापाले पदाधिकारीले प्रतिबेदन पढ्नेमात्र भन्दा पनि बुझ्ने क्षमता राख्नुपर्ने बताउदै त्यस्ता पदाधिकारी संस्थाको गहना हुने विचार राख्दै प्रतिबेदन बुझाइको सीप सम्वन्धी सहजीकरण गर्नुभएको थियो भने स्वागत मन्तव्य शिक्षा उपसमिति सदस्य प्रकाश कोइरालाको र कार्यक्रम सञ्चालन सेवाकेन्द्र प्रवन्धक लक्ष्मण काउचाको रहेको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन