कीर्तिपुरमा साकोसहरुका लागि ऋण परामर्श तालिम सञ्चालन
कीर्तिपुर । काठमाडौं बचत तथा ऋण सहकारी संघ लि. कास्कूनको आयोजना र नेफ्स्कूनको साझेदारीमा एक दिवसीय ऋण परामर्श तालिम सम्पन्न भएको थियो । कीर्तिपुरमा सञ्चालित उक्त तालिममा १७ वटा संस्थाहरुबाट २३ जनाको सहभागिता रहेको थियो भने कास्कूनका सञ्चालक एवं कीर्तिपुर सेवा कार्यालय व्यवस्थापन उपसमितिका संयोजक लेमन श्रेष्ठको अध्यक्षतामा तालिमको समापन भएको थियो ।
उक्त तालिमबाट सिकेका विषयहरु साकोस सञ्चालनका क्रममा व्यवहारमा उतार्न र सहकर्मी साथीहरुलाई पनि सिकाउन सभाध्यक्ष श्रेष्ठले आग्रह गर्नुभएको थियो भने ऋण माग गर्ने सदस्यलाई ऋणको सहि सदुपयोग गर्न उत्प्रेरित गर्ने र भुक्तानी सम्बन्धि आवश्यक र वैकल्पिक उपाय, तरिका, जानकारी दिने कार्य गर्न, ऋण मागमा पुर्नविचार गर्न समेत उहाँले सहभागीहरुलाई सुझाब दिनुभएको थियो । उक्त संस्थाबाट ऋण लगानी गर्दा २ प्रकारका मोडलहरु प्रयोगमा रहेको र जसमध्ये 5C Model साकोसको सन्दर्भमा सवै वित्तिय संस्थाले अवलम्वन गर्ने गरेको उहाँले बताउनुभएको थियो ।
बचत तथा ऋण सहकारी संस्थाले ऋण लगानीको विषयलाई उच्च प्राथमिकतामा राखेर ऋण लगानी पूर्वको ऋण परामर्श गरी पर्याप्त कागजातहरु र साक्षि जमानी सहित लगानी गर्न सचेत हुनुपर्ने धारणा राख्नुभएको थियो । त्यसैगरी सो तालिमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दीपराज ढकालले गर्नुभएको थियो भने समापन समारोह संघका तालिम अधिकृत लव सिंखडाले सञ्चालन गर्नु भएको थियो ।