अग्रभागका कर्मचारीको क्षमता अभिबृद्धि तालिम सम्पन्न


भक्तपुर । भक्तपर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को तालिम व्यवस्थापन उपसमितिको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा सूर्यविनायक रिर्सोट, भक्तपुरमा अग्रभागका कर्मचारीको क्षमता अभिबृद्धि सम्बन्धी एक दिवसीय तालिम सम्पन्न भएको थियो । उक्त संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले संघको मुख्य काम अन्तरलगानी, तालिम शिक्षा र लविङ्ग भएकोले यसलाई जोड दिदैं संघले संदस्य संस्थाका सञ्चालक तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि हुने तालिम सञ्चालन गर्दै आएको बताउनुभएको थियो ।

त्यसैगरी हालको तरलता अभावमा पनि संघले सदस्यलाई तरलता व्यवस्थापन ऋण प्रदान गरी संस्थाको तरलता व्यवस्थापन कार्यमा टेवा पुर्याएको, एक व्यक्ति एक सहकारीको व्यवस्था अव्यवहारिक रहेकोले सो व्यवस्था संशोधनका लागि बागमती प्रदेश सभा निवेदन दर्ता र मालपोत रोक्का दस्तुर, अग्रिम व्याजकर, कानुनी प्रक्रिया नपुर्याई दर्ता गरेका बहुउद्देश्यीय सहकारी लगाएतका विषयमा भुमि व्यवस्था, सहकारी तथा गरिबीनिवारण मन्त्रालयमा ध्यानआकर्षण गराइएको उहाँले बताउनुभएको थियो ।

संघका उपाध्यक्ष हरि बल्लले संस्थामा कार्यरत कर्मचारीहरुको कार्यकुशलता र ज्ञान सिपले नै संस्थाको छवि निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने हुँदा तालिमका व्यवहारिक ज्ञान तथा सिपको प्रयोगमा जोड दिन अनुरोध गर्नुभएको थियो भने संघका सञ्चालक एंव उपसमितिका संयोजक इन्द्रप्रसाद व्यान्जुले संस्थाका अग्रभागका कर्मचारीहरुको क्षमता अभिवृद्धिबाटै संस्थाको सेवा प्रवाह सहज गुणस्तरीय बन्ने उद्देश्य सहित तालिमको आयोजना गरिएको बताउनुभएको थियो । त्यसैगरी उपसमितिका सदस्य तुल्सीहरि प्रजापतिले स्वागत मन्तव्य राख्दै संस्थामा कार्यरत कर्मचारीहरुको कार्यक्षता अभिबृद्धिले संस्थाको उद्देश्य प्राप्तीमा टेवा पुग्ने समेत बताउनुभएको थियो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका तालिम अधिकृत सुमनराज घिमिरेको सहजिकरणमा तालिम सम्पन्न भएको थियो भने तालिमको समापन समारोह सञ्चालन गर्दै संघका व्यवस्थापक बालकृष्ण धोजुले संस्थामा कर्मचारी नियुक्ति गर्दा सहकारीको सैद्धान्तिक पक्ष र काम कर्तव्यको विषयमा अभिमुखिकरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको थियो ।

उक्त तालिममा सहभागीहरुले कर्मचारीको तह अनुसार छुटा छुट्टै तालिमको आयोजना गरी क्षमता अभिवृद्धिमा सहयोग पुर्याएकोमा खुसी व्यक्त गर्दे तालिमबाट सहकारीका सिद्धान्त, सहकारी र बैंक तथा अन्य व्यवसायको फरक, सहायता कक्षका कर्मचारीको काम कर्तव्य र भूमिका, सञ्चार सीप र सदस्य सम्बन्धका विषयहरु सिकेको बताउनुभएको थियो भने सो तालिममा संस्थाका अग्रभागमा कार्यरत ५६ जना कर्मचारीको सहभागिता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन