बर्दिबास साकोस महोत्तरीको सञ्चालकहरुको क्षमता विकास तालिम CUDCC इन्द्रसरोवर गा.पा. १, कुलेखानीमा सम्पन्न भएको थियो । उक्त तालिममा ३० जनाको सहभागिता रहेको थियो भने तालिम सहजीकरण सीवाईसी साकोसका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपाने र नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले गर्नुभएको थियो ।
उक्त संस्थाका अध्यक्ष शंकरकुमार श्रेष्ठले ब्यानर बाचन गरी तालिम उद्घाटन गर्नुभएको थियो । सो साकोसमा ३ हजार भन्दा बढी सदस्य रहेको बर्दिबास साकोसको वासलात २१ करोड बढीको रहेको छ भने समापन कार्यक्रममा अध्यक्षले तालिम एकदमै फलदायी रहेको र सिकेको कुरा संस्थामा लागु गर्ने प्रतिवद्धता व्यक्त गर्दै अन्य सहभागीहरुलाई पनि त्यस्तै गर्न आग्रह गर्नुभएको थियो ।
तालिमबाट प्राप्त सिकाइ अनुरुप संस्थागत विकासका लागि अत्यावश्यक २० वटा कार्ययोजना र ती पूरा गर्नुपर्ने समयसीमा समेत तोकिइएको तालिम सहकजर्ता नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइरालाले बताउनुभएको थियो भने हाल बर्दिबास साकोस नेफ्स्कूनले सञ्चालन गरेको पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम प्रोवेसनमा आबद्ध भएको छ ।
Leave a Reply