माटेपानी १२ पोखरास्थित दूध पोखरी बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना एवम् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनको प्राविधिक सहयोगमा दूध पोखरी बचत तथा ऋण सहकारी संस्था लि. का सञ्चालकहरुको २ दिने क्षमता विकास आधारभूत तालिम सम्पन्न भएको थियो ।
उक्त तालिमको सहकजकर्ता नेफस्कूनका तालिम अधिकृत सुमनराज घिमिरे रहनुभएको थियो भने तालिममा दूध पोखरी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, शिक्षा उपसमिति, ऋण लगानी तथा असुली उपसमिति, महिला उपसमिति, युवा उपसमिति र उच्च स्तरका २ जना कर्मचारी गरी २२ जनाको सहभागिता रहेको थियो ।
Leave a Reply