बनेपा र काभ्रे तथा काठमाडौं जिल्लाभर कार्यक्षेत्र रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. ले १ दिने सम्पत्ति शुद्धीकरण निवारण सम्वन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो । उक्त संस्थाका अध्यक्ष प्रदिप थापाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल राष्ट्र बैकका पूर्व निर्देशक श्यामकृष्ण दाहालले सहजीकरण गर्नुभएको थियो ।
उहाँले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी ऐन २०६४, नियमावली २०७३ तथा सहकारी संघ-संस्थालाई जारी गरिएको निर्देशन, २०७४ दोश्रो संशोधन, २०७७ तथा सहकारी विभागबाट जारी भएको एकिकृत निर्देशिका २०७८ सम्बन्धी अन्तरक्रियात्म रुपमा सहजीकरण गर्दै यसमा सहकारीको दायित्व र जिम्मेवारी सम्वन्धी व्यवस्था स्पष्ट पार्नुभएको थियो भने सम्पत्ति शुद्धीकरणको पूर्णपालना नगर्दा हुने जोखिम तथा कार्वाही सम्बन्धी विभिन्न घट्नाहरु सहित प्रस्तुत गर्नुभएको थियो ।
सोही कार्यक्रमका अवसरमा संस्थामा स्थायी नियुक्ति हुनुभएका २१ जना कर्मचारीलाई संस्थाका अध्यक्ष प्रदिप थापाले नियुक्ति पत्र समेत प्रदान गर्नुभएको थियो । त्यसैगरी संस्थाका सञ्चालक समिति, उपसमिति एवं कर्मचारी सहित १३७ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष भिमसेनप्रसाद सापकोटाले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन नायव प्रमुख कार्यकारी अधिकृत त्रिलोचन घिमिरेले गर्नुभएको थियो ।
Leave a Reply