काठमाडौं । गैंडाकोट नगरपालिका–२, नवलपुरमा रहेको गण्डकी बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र नेपाल बचत तथा ऋण केन्द्री सहकारी संघ लि. नेफ्स्कूनको प्राविधिक सहयोगमा साकोस सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम (CUDCC Training) तनहुँको बन्दिपुरमा शुरु भएको थियो ।
उक्त तालिम साकोसका अध्यक्ष पोषणराज सुवेदीको अध्यक्षतामा शुरु भएको थियो । कार्यक्रम साकोसका सचिव कुलप्रसाद पाण्डेले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रममा साकोसका प्रथम उपाध्यक्ष केदारनाथ न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यसैगरी अध्यक्ष सुबेदीले तालिमको आवश्यकता र महत्वबारे प्रष्ट पार्दै तालिमबाट प्राप्त ज्ञान सीप साकोस सञ्चालनमा उपयोगीमूलक बन्न सकोस भनी शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी प्राविधिक सहयोगमा नेफ्स्कूनबाट बरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्ले र तालिम अधिकृत सुमनराज घिमिरे प्रशिक्षकको रुपमा रहनुभएको थियो । उक्त तालिममा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति र कर्मचारी गरी २६ जनाको उपस्थिति रहेको थियो भने १६ हजार २ सय ४ सेयर सदस्य रहेको र उक्त साकोसको १ अर्ब ८० करोड कुल कारोबार रहेको छ ।
Leave a Reply