जनकल्याण साकोस धादिङका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम


धादिङ मलेखुस्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. को सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम (CUDCC) पोखरामा सुरु भएको थियो । उक्त संस्थाका सञ्चालक समिति,लेखा तथा सुपरीवेक्षण समिति, सल्लाहकार समिति, ऋण उपसमिति, शिक्षा उपसमिति, महिला सशक्तिकरण उपसमिति, युवा परिचालन उपसमिति, ऋण अनुगमन तथा असुली उपसमिति ,सदस्य सेवाकेन्द्र व्यवस्थापन उपसमितिहरु तथा व्यवस्थापन तहका कर्मचारी लगायत ३० जना सहभागीता रहेको थियो ।

उक्त तालिमको उद्घाटन राष्ट्रिय सहकारी महासंघ लि. का अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रममा विशेष अतिथिका रुपमा कास्की जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भेषराज बराल तथा कास्की सहकारी संघकी अध्यक्ष साबित्रा कोइराला सहभागी हुनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन