भक्तपुरमा साकोसहरुबीच असल सिकाइ व्यवस्थापन कार्यशाला सम्पन्न
काठमाडौं । छिन्नमस्ता महिला साकोस चागुनारायण–भक्तपुरको आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा प्रोवेसन बागमती क्लष्टर चौथोको ७औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको थियो । उक्त साकोसका अध्यक्ष देवका श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले गर्नुभएको थियो ।
त्यसैगरी प्रमुख अतिथि नेफ्स्कून अध्यक्ष परितोष पौडेलले अबको दुनियाँ भर्चुअल बैंकमा जाँदै गरेको कुरा संकेत गर्दै नेफ्स्कूनले साकोसहरुको लागि अब पूर्ण सोलुसन सहितको प्रविधिको लागि कार्य गरिरहेको र यहाँहरुले छिटै उक्त सेवा नेफ्स्कून मार्फत पाउने समेत दावी गर्नुभएको थियो भने साकोसको सुदृढीकरण र कुशल व्यवस्थापनका लागि स्तरीकरण र स्थिरीकरण कोष र्निविकल्प भएको प्रस्ट्याउँदै साकोसको स्वस्थ वित्तीय अवस्था र स्वच्छ छवि निर्माणका लागि सञ्चालित कार्यक्रमहरुको सफलतामाथी समेत प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख गणेशप्रसाद तिमिल्सिना, कार्यक्रम अधिकृत कोमलाराज अधिकारी, काभ्रे, काठमाडौं, ललितपुर र भक्तपुरबाट गरी क्लष्टरमा आबद्ध ११ वटा बचत तथा ऋण सहकारी संस्थाबाट ३१ जनाको सहभागिता रहको थियो भने नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमलराज अधिकारीले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा साकोसको व्यवसायिकीकरण, सदस्य सुरक्षा र संस्थाको गुणस्तर बृद्धिका लागि विविध विषयमा महत्वपूर्ण निर्णयहरु गरिएको थियो ।