काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोख्रेल कृषिगत बैंकिंङ्गमा अन्तराष्ट्रिय सहकारिता एवं प्रशिक्षण केन्द्र (CICTAB) को २३औं परिषद् बैठक सहभागिताका लागि आज नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । भारतीय सहकारी मन्त्रालयका सचिव Devendra Kumar Singh को अध्यक्षतामा मार्च २८ मा नयाँदिल्लीमा आयोजित कार्यक्रममा सिक्ट्यावको सदस्यता प्राप्त नेपाल, श्रीलंका, बङ्गलादेश, भूटान, माल्दिभ्स र भारत राष्ट्रका सरकार, बैंक वित्तीय संस्था र सहकारी क्षेत्रका ४० भन्दा बढी परिषद् प्रतिनिधिहरुको सहभागिता रहने छ ।
पदिषद्को २३औं बैठकले २२औं बैठकबाट पारित निर्णयहरुको कार्यान्वयन समिक्षा, सन् २०२३ सम्मका कार्यक्रम प्रमाणिकरण, सिक्ट्याबको हालसम्मको वित्तीय अवस्था, लेखपरीक्षण प्रतिवेदन सहित आगामी व्यवस्थापन समिति बैठकका लागि आवश्यक सुझाव तथा निर्णयहरु सिफारिश गर्ने सम्बन्धमा बैठक लक्षित हुने जनाएको छ भने सिक्ट्याव भारतले प्रत्येक बर्ष सार्क मुलुक लगायत विभिन्न सदस्य देशहरुमा तालिम कार्यक्रमहरु समेत सञ्चालन गर्दै आईरहेको छ ।
Leave a Reply