बचत संघद्वारा बजार प्रतिनिधिहरुका लागि क्षमता अभिबृद्धि तालिम सञ्चालन


भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को तालिम व्यवस्थापन उपसमितिको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा एक दिवसीय बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धि तालिम भक्तपुरमा सम्पन्न भएको थियो । उक्त संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले संस्थाको सेवा सदस्यको घरदैलोमै पुर्याउने आवधारणको विकास भएर संस्थाले बजार प्रतिनिधिहरुको व्यवस्था गरेको बताउनुभएको थियो भने बजार प्रतिनिधिले रकम सङ्ककलन गर्ने काम मात्र नगरी सहकारीको मुल्य मान्यता र सिद्धान्तबारे ज्ञानहासिल गरी सदस्यलाई सेवा दिनुपर्ने आवश्यकता समेत औल्याउनुभएको थियो ।

उक्त संघका सञ्चालक एंव उपसमितिका संयोजक इन्द्रप्रसाद व्यान्जुले संस्थाका बजार प्रतिनिधि संस्थाको प्रमुख सेवा प्रदायक भएकोले संस्थाको बस्तु तथा सेवा विक्रीमा महत्वपुर्ण भुमिका रहने कुरा बताउदै उहाँले संस्था र आफ्नो व्यक्तिगत विकासका लागि तालिमबाट सिकेका व्यवहारिक ज्ञान तथा सिपको प्रयोगमा जोड दिनुभएको थियो । तालिमको समापन समारोह सञ्चालन गर्दै संघका व्यवस्थापक बालकृष्ण धोजुले सहकारीका बस्तु तथा सेवा बजारमा सदस्यमाझ पुर्याउनुको साथै सदस्यको नियमित हेरचाह र सहकारी शिक्षा, सन्देश प्रवाहमा बजार प्रतिनिधिले जोड दिनुपर्ने कुरा समेत बताउनुभएको थियो ।

त्यसैगरी तालिममा सहभागीहरुले तालिमले आफूले गर्दै आएको कार्यको क्षमता अभिवृद्धिमा सहयोग पुर्याएकोमा खुशी व्यक्त गर्दे तालिमबाट सहकारीका मूल्य सिद्धान्त, बजार प्रतिनिधिको काम कर्तव्य र भुमिका, बजार प्रतिनिधिमा हुनुपर्ने गुणहरु, बजार व्यवस्थापन, बजार प्रतिनिधिले ध्यानदिनुपर्ने कुराहरु, बजारीकरणका सिप लगाएतका विषयहरु सिकेको बताउनुभएको थियो । उक्त तालिममा सदस्य संस्थामा कार्यरत ३३ जना बजार प्रतिनिधिहरुको सहभागिता थियो भने तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न