आर्थिक विकास मित्र साकोसको संस्थागत विकास तालिम सम्पन्न


काठमाडौं । आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था लि. पाँचखाल–४, काभ्रेको संस्थागत विकास तालिम भक्तपुरको नगरकोटमा सम्पन्न भएको थियो । साकोसका अध्यक्ष सरोज सापकोटाको अध्यक्षतामा आयोजित तीन दिवसीय तालिमको समापन नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष पौडेलले सहकारीले प्रदान गर्ने सेवालाई परिष्कृत गर्दै प्रविधि मैत्री बनाउनुपर्ने, नगदरहित सेवा प्रवाहका लागि आवश्यक क्षमता विकास गराउनु पर्ने, बजारको स्वरूप र प्रकृतिमा परिवर्तन देखा पर्दै गएकोले सोका लागि सहकारी तयार रहनुपर्नेमा समेत जोड दिनुभएको थियो । उहाँले सदस्यको गुणस्तरीय जीवनका लागि सहकारीले योगदान पुर्याउन सक्षम बनाउने अभियानमा नेफ्स्कून प्रयत्नशील रहेको र गुणस्तरयुक्त सहकारी सञ्चालनमा सञ्चालक र व्यवस्थापक दुवै रचनात्मक तथा सिर्जनशील हुनुपर्छ भन्ने कुरा व्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रममा सभाध्यक्ष सापकोटाले सहकारीको गुणात्मक विकास, स्थायित्व तथा दीगोपनका लागि पैरवी गर्न, विद्यमान अवस्थामा सहकारी संस्थाहरूको तरलता व्यवस्थापनका लागि ठोस कदम चाल्न आग्रह गर्दै संस्थागत क्षमता अभिबृद्धि तालिमको सिकाइलाई सहकारीको विकासमा पूर्ण रूपमा कार्यान्वयन गर्न २० बुँदे प्रतिबद्धतासहितको मन्तव्य राख्नुभएको थियो ।

त्यसैगरी साकोसका सञ्चालक समिति सदस्य बैकुण्ठप्रसाद न्यौपाने र प्रमुख कार्यकारी अधिकृत ठाकुरनाथ अधिकारीले सिकाइलाई व्यवहारमा जोड्न साकोस परिवारको तर्फवाट प्रतिबद्धता व्यक्त गर्नुभएको थियो भने तालिममा साकोसका सञ्चालक सदस्य, लेखा सुपरिवेक्षण समिति सदस्य, उपसमिति सदस्यहरु र व्यवस्थापन गरी १९ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन सचिव नारायणप्रसाद ढुङगानाले गर्नुभएको थियो भने तालिम सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरे र कार्यक्रम अधिकृत कोमलराज अधिकारीले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न