सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन तालिम सञ्चालन

धादिङ । नेफ्स्कून फिल्ड कार्यालय धादिङको आयोजनामा साकोस कर्मचारीहरुका लागि एक दिवसीय सुरक्षित ऋण परिचालन तथा जोखिम व्यवस्थापन तालिम सञ्चालन भएको थियो । धादिङ फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य प्रदिप अधिकारीको अध्यक्षतामा आयोजित तालिमको उद्घाटन जिल्ला बचत संघ धादिङका अध्यक्ष नवराज शर्माले गर्नुभएको थियो ।

त्यसैगरी अध्यक्ष शर्माले साकोसको प्रभावकारी सञ्चालन सुरक्षित ऋण परिचालन र जोखिम रहित वित्तीय व्यवस्थापन रहेको स्पष्ट पार्नुभएको थियो भने बचत तथा ऋण सहकारी संस्थाको मूख्य जिम्मेवारी पुँजी निर्माण र पुँजीको प्रभावकारी परिचालन रहेको बताउँदै सहकारीमार्फत सदस्य उद्यमशिलता अभिबृद्धि आवश्यक रहेको समेत जोड दिनुभएको थियो ।

उक्त तालिममा धादिङ र गोर्खा जिल्लाका विभिन्न बचत तथा ऋण सहकारी संस्थामा कार्यरत ऋण अधिकृत, ऋण सहायक र ऋण संयोजक गरी ३० जनाको सहभागिता रहेको थियो । फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्य तुलसीप्रसाद अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो । सो तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो भने व्यवस्थापन सहजीकरण फिल्ड इन्चार्ज शम्भूप्रसाद घिमिरेले गर्नुभएको थियो ।

 


Posted

in

, , ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *