चन्द्रागिरी साकोसको उद्यमशीलता विकास तालिम सुरु


काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्ना सदस्यहरुमा उद्यमशीलता विकास गर्ने अभिप्रायले उद्यमशीलता विकास तालिम आजबाट सुरु गरेको छ । लघु घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्रको प्राविधिक सहयोगमा ८ दिनसम्म चल्ने उक्त तालिम आजबाट सुरु भएर चैत्र २२ गतेसम्म सञ्चालन हुनेछ । तालिममा सहभागीहरुलाई उद्यमशीलता सम्बन्धी विभिन्न विषयहरुमा प्रशिक्षण दिने कार्यक्रम समेत रहेको साकोसले जनाएको छ ।

उक्त तालिममा मुख्यतया व्यवसायीक योेजना तर्जुमा, उद्यम सञ्चालन, उद्यमको कारोवार व्यवस्थापन, बैंक वित्तीय संस्थाबाट प्राप्त हुने सहुलियत कर्जा सम्बन्धी ज्ञान र सफल उद्यमीको सफलताको अनुभव साटासाटको विषयमा प्रशिक्षण दिईनेछ । तालिमको उद्घाटन सत्रमा संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ, सहसचिव शरद कुँवर, तालिम सहजकर्ता डा. रामजी न्यौपाने, प्रमुख अतिथि लघु घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्रका प्रमुख ऋषिराम पंगेनी र संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरले तालिमका विभिन्न पक्षहरुमा प्रकाश पार्नुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न