कैलालीमा साकोसहरुबीच असल सिकाई आदानप्रदान


कैलाली । कैलालीकोे टिकापुरमा अवस्थित नोबेल बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा साकोसहरुबीच ७औं कार्यकुशलता तथा सिकाई व्यबस्थापन कार्यशाला भएको थियो । त्यसैगरी आयोजक संस्थाका अध्यक्ष लालसिंह टमट्टाको अध्यक्षतामा आयोजित कार्यशालामा नेफ्स्कूनका अनुगमन अधिकृत पवनजंग मल्ल, नेफ्स्कून धनगढी सेवा केन्द्र ईन्चार्ज योगेश बोहरा र म्यानेजर्स क्लब कैलालीका अध्यक्ष छविलाल जैसीको उपस्थिति रहेको थियो ।

उक्त कार्यशालामा कैलाली र कञ्चनपुर जिल्लाका जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्समा आवद्ध बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक र प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । त्यसैगरी कार्यक्रममा सहभागी साकोसका प्रतिनिधिहरुले असल सिकाई साथै संस्थागत अवस्था र प्रगति प्रतिवेदन प्रस्तुतीकरण गर्नुभएको थियो भने कार्यक्रम सहजीकरण नेफ्स्कूनका अनुगमन अधिकृत पवनजंग मल्लले गर्नुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन