सिन्धुलीका साकोसहरुबीच असल सिकाई आदान प्रदान

सिन्धुली । सृष्टि महिला बचत तथा ऋण सहकारी संस्था लि. रामटारको आयोजनामा सिन्धुलीको सुनकोसी गाउँपालिकामा साकोसहरुका लागि कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको थियो । नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत सिन्धुली बचत संघ र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा कार्यशाला सञ्चालन भएको थियो भने साकोसहरुबीचको असल सिकाई आदानप्रदान गर्ने तथा सहकारीकर्मीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यसहित आयोजित कार्यशालामा जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्स सुनकोसी क्लष्टरका बचत तथा ऋण सहकारी संस्थाबाट ३० जनाको उपस्थिति रहेको थियो ।

त्यसैगरी सृष्टि महिला साकोसकी उपाध्यक्ष गोमा प्याकुरेलको अध्यक्षता र सुनकोसी गाउँपालिकाकी अध्यक्ष दीपा बोहरा दाहालको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यशालाको सञ्चालन साकोसका सचिव सपना बस्नेत र स्वागत सहसचिव उमा कोइरालाले गर्नुभएको थियो । प्रमुख अतिथि दीपा बोहरा दाहालले सहकारी संस्था आफ्ना सदस्यहरुको आर्थिक सशक्तिकरण र जीवनस्तर सुधारको तहमा निरन्तर क्रियाशिल हुनुपर्नेमा जोड दिदैँ सहकारी क्षेत्रको विकासका लागि गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रममा सिन्धुली बचत संघका कोषाध्यक्ष कृष्णहरि कोइराला, संघका शिक्षा उपसमिति सदस्य तथा जनकल्याण साकोसका अध्यक्ष चक्रबहादुर श्रेष्ठ, सुनकोसी गाउँपालिकाका सामाजिक शखा प्रमुख कपिल अधिकारी, महिला तथा बालबालिका शाखा प्रमुख गायित्री दाहाल, सिन्धुली बचत संघका कार्यक्रम अधिकृत शारदा पहाडी लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी सहभागी साकोस प्रतिनिधिहरुले आ-आफ्नो संस्थागत प्रगति र सफल अभ्यासहरु प्रस्तुतिकरण गर्नुभएको थियो भने कार्यशाला सहजीकरण नेफ्स्कूनका अनुगमन अधिकृत श्यामराजा तिमल्सिनाले गर्नुभएको थियो ।

 


Posted

in

, , ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *