सहयात्रीमा नयाँ नेतृत्व


काठमाडौंं, कार्तिक २४ । सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औं साधारण सभा तथा ७औं अधिवेशन हालै सम्पन्न भएकोछ । कार्यत्रममा बोल्ने वक्ताहरुले सहकारीले आर्थिक रुपान्तरणमा सघाउ पु¥याउने बताएका थिए ।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ केन्द्रीय संचालक शान्ति अधिकारीले सहकारीले देशको आर्थिक रुपान्तरणमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष तारापति त्रिपाठीले सदस्यलाई आर्थिक क्रियाकलापमा लाग्न अनुरोध गर्नुभयो ।

अधिवेशनले तारापति त्रिपाठीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । उपाध्यक्ष लक्षुमण ओझा, सचिव लुमराज आचार्य, कोषाध्यक्ष हरिमाया सापकोटा, सदस्य जीवनाथ कंडेल, सदस्य भवानी वर्तौला

सदस्य हर्कबहादुर सार्की रहनुभएको छ । त्यस्तै लेखा तथा सु–परीवेक्षण समितिको संयोजक राजेन्द्र पौडेल, सदस्य भिमप्रसाद सापकोटा, सदस्य मोतिलाल ढुङ्गाना हुनुहुन्छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन