मधेस प्रदेशको सहकारी ऐन प्रदेशसभाबाट पारित
काठमाडौं । मधेस प्रदेशको प्रदेशसभाको बैठकले सहकारी ऐन सर्वसम्मतले पारित गरेको छ । १ सय ३६ दफा २ अनुसूचि रहेको सहकारी ऐन अन्य प्रदेशको भन्दा पृथक र महत्वपूर्ण भएको प्रस्तावनामा उल्लेख गरिएको छ । लामो प्रतिक्षाको बाबजूत सहकारी विधेयक संसदबाट पास हुनुले मधेस प्रदेशको सहकारी अभियानले गति लिने संकेत गरेको छ । सहकारी विधेयकमाथी कोही कसैको विरोध नभएका कारण विधेयक टेवलबाट सर्वसम्मत पास भएको र प्रमाणीकरणको प्रक्रियामा रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी सचिव डा. नम्रता सिंहले जानकारी गराउनुभएको थियो ।
त्यसैगरी पूर्व मन्त्री शैलेन्द्रप्रसाद साहको कार्यकालमै हाउसमा दर्ता भई प्रदेश कमिटिमा रहेको सहकारी ऐनले मन्त्री विजयकुमार यादवको विशेष पहलमा मूर्तरुप लिएको सम्बन्धित स्रोतले जनाएको छ भने उक्त ऐन छिट्टै प्रमाणीकरण भएर नियमावली निर्माण र कार्यान्वयन तहमा जाने विश्वास मधेशका सहकारीकर्मीले लिएका छन् ।