सौराहामा साकोस ऋण अधिकृतहरुको क्षमता अभिवृद्धि कोर्ष (CULCC) सुरु


काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कून फिल्ड कार्यालय चितवनको आयोजनामा साकोसका ऋण अधिकृतहरुको क्षमता अभिवृद्धि तालिम आजबाट सुरु भएको छ । नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारी प्रमुख व्यक्तित्व रहनुभएको कार्यक्रम नेफ्स्कूनकी सञ्चालक सदस्य विद्या कोइरालाको अध्यक्षतामा सुरु भएको थियो भने नेफ्स्कूनका लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटा विषेश अतिथि रहनुभएको थियो ।

उक्त तालिम कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले गर्नुभएको थियो । उहाँले बचत तथा ऋण सहकारी संस्थाले ऋण लगानीको विषयलाई उच्च प्राथमिकतामा राखेर ऋण लगानी पूर्वको ऋण परामर्श गरी पर्याप्त कागजातहरु र साक्षि जमानी सहित लगानी गर्न सचेत हुनुपर्नेमा जोड दिदै संस्थाबाट ऋण लगानी गर्दा २ प्रकारका मोडलहरु प्रयोगमा रहेको र जसमध्ये 5C Model साकोसको सन्दर्भमा सवै वित्तीय संस्थाले अवलम्बन गर्ने गरेको समेत बताउनुभएको थियो ।

उक्त तालिमबाट सिकेको ज्ञान सीप साकोस सञ्चालनका क्रममा व्यवहारमा उतार्न र सहकर्मी साथीहरुलाई पनि सिकाउन सभाध्यक्ष कोइरालाले आग्रह गर्नुभएको थियो । त्यसैगरी सो तालिममा २८ जना ऋण अधिकृत तथा उच्च व्यवस्थापनको सहभागिता रहेको थियो भने तालिमको सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत सुमन राज घिमिरेले गर्नु भएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन