काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि. कास्कूनको आयोजनामा साकोसका बजार प्रतिनिधिहरुको क्षमता विकास तालिम सम्पन्न भएको थियो । उक्त नेफ्स्कून तालिम केन्द्र, चावहिलमा सञ्चालित तालिममा १६ वटा साकोसका १७ जना बजार व्यवस्थापक र प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने तालिम समापन समारोह कास्कूनका अध्यक्ष एवं नेफ्स्कूनका कोषाध्यक्ष दिपक पनेरुको अध्यक्षता भएको थियो ।
त्यसैगरी समारोहका प्रमुख व्यक्ति दिपक पनेरुले बजार प्रतिनिधिहरु संस्थाको ऐना भएको हुँदा संस्थाका सम्पूर्ण विषयवस्तुमा जानकारी भई सदस्यहरुलाई संस्थाको प्रवक्ताको रुपमा जानकारी गराउनुपर्ने धारणा राख्दै सहकारी संस्थाका सेयर सदस्यहरुको प्रत्यक्ष घर तथा ब्यवसायमा नै उपस्थित भई बचत सङ्कलन गरेर कार्यालयमा जम्मा गर्ने, बचत फिर्ता गर्ने तथा आवश्यकता अनुसार ऋणको सांवा तथा ब्याज समेत सङ्कलन गरी कार्यालयमा जम्मा गर्ने गराउने, समयमै सूचना पुराउने लगायतका काम बजार प्रतिनिधिहरुलेनै गर्नुपर्ने समेत बताउनुभएको थियो ।
उक्त तालिममा सहभागी हुनु भएकोमा सहभागी र प्रतिनिधी संस्थाहरुलाई हार्दिक धन्यवाद दिदैं आगामी दिनहरुमा सदस्य संस्थाहरुको माग तथा आवश्यकताका आधारमा तालिम कार्यक्रमहरुको विकास गर्ने समेत जानकारी गराउनुभएको थियो । त्यसैगरी तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत रबिन्द्र श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन कास्कूनका तालिम अधिकृत लव सिंखडाले गर्नुभएको थियो ।
Leave a Reply