सहकारी दिवसको पूर्वसन्ध्यामा मिलिजुली कालिञ्चोक साकोसको विविध कार्यक्रम


काठमाडौं । दोलखा सदरमुकाम चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक साकोस लि. ले ६५औं राष्ट्रिय सहकारी दिवसको पूर्व सन्ध्यामा विविध कार्यक्रमहरु गरेको छ । उक्त संस्थाले आफ्नो कार्यक्षेत्रभित्र पर्ने ९ वटा पालिकामध्ये विगु, गौरीशंकर, कालिञ्चोक र शैलुङ्ग गाउँपालिकामा विविध कार्यक्रम गरेको हो ।


राष्ट्रिय सहकारी दिवसको अवसर पारी उल्लिखित पालिकाभित्रका केही बिद्यालयहरुमा वित्तीय साक्षरता तथा स्टेशनरी वितरण, पहिला वितरण गर्न बाँकी केही स्थानमा स्ट्रेचर वितरण, जेष्ठ शेयर सदस्यलाई टेक्ने लठ्ठी वितरण गरेको छ भने सहकारी दिवसकै अवसर पारेर सामाजिक कार्यक्रम अन्तर्गत विगु गाउँपालिका वडा नं-७ मा रहेको बिगु गुम्बामा २६ थान कुर्सी प्रदान गरेको छ ।

 

 

 

 

 

 

 

त्यसैगरी सबै शेयर सदस्य तथा कार्यक्षेत्रभित्रका बिद्यालयहरुमा अध्ययनरत सबै विद्यार्थीहरुलाई स्लाईड प्रस्तुतिको माध्यामद्धारा वित्तीय साक्षरता कार्यक्रम प्रदान गर्ने संस्थाको लक्ष्य रहेको अध्यक्ष नारायण बहादुर श्रेष्ठले बताउनुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन