साकोस व्यवस्थापक गोष्ठी ‘२०७८’ सम्पन्न


सुनसरी । साकोस व्यवस्थापक गोष्ठी –२०७८ सुनसरीको इटहरीमा सम्पन्न भएको थियो । बचत तथा ऋण सहकारी संघ लि. सुनसरीको आयोजना, राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा सञ्चालित दुईदिने गोष्ठीले साकोस सुदृढीकरणका लागि दीर्घकालिन रणनीतिक मार्गचित्र तय गर्ने विश्वास सहभागीहरुले लिएका छन् ।

प्रदेश नंः- १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकास सरावगीले उद्घाटन गर्नुभएको गोष्ठी राष्ट्रिय सहकारी महासंघकी सञ्चालक एवम् सुनसरी बचत संघकी उपाध्यक्ष अमृता सुब्बाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

त्यसैगरी विशिष्ट अतिथि, अतिथि एवम् स्थानीय साकोस प्रतिनिधिहरु सम्मिलित गोष्ठीमा ५६ बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापकहरुको सहभागिता रहेको थियो । दुई दिने गोष्ठीमा सहकारी अभियानका समसामयिक विषय, विद्यमान तरलता संकट, साकोसको प्रभावकारी सञ्चालनका लागि सञ्चालक व्यवस्थापक बीचको सम्बन्ध, सहकारीमा आयकर सम्बन्धी कानुनी व्यवस्थाहरुको विषयमा विस्तृत अन्तरक्रिया भएको थियो ।

उक्त गोष्ठीको पहिलो दिन नेफ्स्कूनका निवर्तमान कोषाध्यक्ष केशव पोख्रेलले वित्तीय संकट र तरलता व्यवस्थाप र राष्ट्रिय सहकारी महासंघका सञ्चार अधिकृत राम सुदन तिमिल्सिनाले सञ्चालक र व्यवस्थापन बीचको सम्बन्ध विषयक प्रस्तुतीकरण गर्नुभएको थियो । नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोख्रेलबाट सहकारीमा रणनीतिक व्यवसायिक योजना र आन्तरिक राजश्व कार्यालय धरानका प्रमुख गोविन्दराज आचार्यबाट सहकारी संघ-संस्था सम्बद्ध आयकरका कानुनी व्यवस्थाहरु विषयक कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा सहभागी साकोस व्यवस्थापकहरुबाट साकोसको रणनीतिक योजना निर्माणको प्रतिवद्धता समेत जाहेर भएको नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत पोख्रेलले जानकारी गराउदै दुइ दिवसीय गोष्ठी साकोस सुदृढीकरणका लागि कोशेढुङ्गा बन्ने विश्वास लिइएको समेत उहाँले व्यक्त गर्नुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन