सर्लाही । ६५औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लि. ले मानव सेवा सहयोगको कार्यक्रम गरेको थियो । साकोसले हरिवन न.पा अन्तर्गत नयाँरोडमा रहेको मानव सेवा आश्रमलाई नगद रु. १०,००० सहयोग गरेको थियो । उक्त संस्थाको हरेक आर्थिक वर्ष तीन वटा मानवीय सेवा गर्ने योजना अनुरुप यस वर्षको दोश्रो कार्य सहकारी दिवसको अवसर पारेर गरिएको संस्थाका अध्यक्ष वेनीवहादुर कार्कीले जानकारी दिनुभएको थियो ।
उक्त साकोसका अध्यक्ष कार्की सहित उपाध्यक्ष वाल्मीकि सिं, सचिव वेचुप्रसाद तिमिल्सिना, कोषाध्यक्ष विष्णुहरि मैनाली, सञ्चालक सदस्य रामजी गिरी, व्यवस्थापक विनोदकुमार थापा र लेखा सहायक शेखरवहादुर लामा मानव आश्रम मै गई नगद दशहजार हस्तान्तण गर्नुभएको थियो । मानसिक स्थिति ठीक नभएका तथा विभिन्न किसिमले सडकमा वसेका महिला तथा पुरुष गरि ६३ जना हरिवनस्थित आश्रमको सेवामा रहेका छन् ।
साकोसले यसअघि पनि विभिन्न मानव सेवा र सामाजिक उक्तरदायित्वका कार्यक्रमहरु आयोजना गर्दै आइरहेको थियो । साकोसले गत पौषमा भरतपुर आँखा अस्पतालको सहयोगमा ९९५ जनाको आँखा परिक्षण गरि २८५ जनाको मोतिया विन्दुको निशुल्क अपरेशन गराएको संस्थाका व्यवस्थापक विनोदकुमार थापाले जानकारी गराउनुभएको थियो ।
Leave a Reply