पोखरामा पर्ल्स अनुगमन तालिम
काठमाडौं । नेफ्स्कून फिल्ड कार्यालय पोखराको आयोजनामा ३ दिवसीय पर्ल्स अनुगमन तालिम सुरु भएको थियो । सो तालिममा २६ साकोसका ३१ जनाको सहभागिता रहेको थियो भने उक्त तालिम उद्घाटन गर्दै नेफ्स्कून सञ्चालक सदस्य कमलादेवी गिरीले संस्था सञ्चालनमा पर्ल्सको महत्वबारे चर्चा गर्नुभएको थियो ।
उहाँले संस्थागत सुशासन र वित्तीय अनुशासनसहित सदस्यको विश्वास जित्न पर्ल्सको पालना गर्नुपर्नेमा जोड दिनुभएको थियो । त्यसैगरी तालिम सहजीकरण नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत भरत प्रसाद न्यौपानेले गर्नुभएको थियो भने स्वागत मन्तव्य संघका कार्यक्रम अधिकृत सुर्यप्रसाद तिमिल्सिनाले राख्नुभएको थियो ।