सप्तरीको राजगढमा सहकारी सचेतना अभिमुखीकरण


काठमाडौं । नेफ्स्कूनले सञ्चालन गरेको आधारशिला कार्यक्रम अन्तर्गत मधेश प्रदेशको सप्तरी जिल्लास्थित राजगढ गाउँपालिकामा ‘सहकारी सचेतना अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको थियो । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष परमानन्द यादव, उपाध्यक्ष पप्पुमाला मण्डल, वडा नं ५ का अध्यक्ष लक्ष्मीनारायण ठाकूर, सहकारी शाखा प्रमुख नगिना के.सी लगायतको सहभागिता रहेको नेफ्स्कूनकी कार्यक्रम अधिकृत रीता सुवेदीले जानकारी गराउनुभएको थियो ।

त्यसैगरी कार्यक्रममा राजगढ गाउँपालिका अन्तर्गतका २५ सहकारीहरुमध्ये १८ सहकारीका सञ्चालक समितिका पदाधिकारी एवम् सदस्यहरुको सहभागिता रहेको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन