उच्चस्तरीय लेखा व्यवस्थापन तालिम सम्पन्न


नेफ्स्कून बनेपा फिल्ड कार्यालयको आयोजनामा काभ्रेको बनेपामा सञ्चालित उच्चस्तरीय लेखा व्यवस्थापन तालिम सम्पन्न भएको थियो । उक्त तालिम समापन समारोहमा नेफ्स्कूनका अध्यक्ष परितोष पौडेल प्रमुख व्यक्ति र उपाध्यक्ष शान्ति अधिकारी विशेष व्यक्तिको रुपमा रहनुभएको थियो भने नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख गणेशप्रसाद तिमिल्सिना पनि सहभागी हुनुभएको थियो ।

नेफ्स्कून अध्यक्ष परितोष पौडेलले मर्यादित, व्यवसायिक र सुशासनयुक्त सहकारी निर्माणमा प्रविधि प्रयोगको औचित्यतामाथी प्रकाश पार्दै अबको सहकारी अभियान पूर्णतः डिजिटाइज हुनुपर्नेमा जोड दिदै वित्तीय कारोबारको दिगोपना र संस्थाको दिगोपनाको लागि सहकारीलाई डिजिटलाईजेशन गर्नुपर्नेमा समेत जोड दिनुभएको थियो । आधुनिक प्रविधिको आधारमा प्रभावकारी सञ्चालन र कुशल व्यवस्थापन गर्न सकिने भएकोले नेफ्स्कूनले एकीकृत प्रविधि निर्माण गरिरहेको र त्यसमा सम्पूर्ण साकोसहरु सहभागी हुन अनुरोध गर्दै साकोसको सुदृढीकरण र कुशल व्यवस्थापनका लागि स्तरीकरण र स्थिरीकरणकोष र्निविकल्प भएको प्रस्ट्याउँदै स्थिरीकरण कोषमा योगदान रकम जम्मा गर्न सम्पूर्ण साकोसहरुलाई अनुरोध गर्नुभएको थियो ।

त्यसैगरी उपाध्यक्ष शान्ति अधिकारीले उच्च स्तरको लेखा व्यवस्थापन तालिमबाट प्राप्त ज्ञान सीप साकोस सञ्चालनका क्रममा कार्यान्वयमा ल्याउन अनुरोध गर्दै प्राप्त ज्ञान सीपबाट साकोसको कुशल व्यवस्थापन र सुदृढीकरणमा ठोस योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले नेफ्स्कूनले अगाडि सारेको स्तरीकरण कार्यक्रमले साकोसलाई वित्तीय ढंगले सुरक्षित र सन्तुलित बनाउन सहयोग गर्ने र स्थिरीकरण कोषले साकोसमा पर्न सक्ने सम्भावित दुर्घटनाबाट सुरक्षा प्रदान गर्ने भएकोले साकोसहरु स्तरीकरण कार्यक्रममा र स्थिरीकरणकोषमा अनिवार्य रुपमा सहभागी हुनुपर्नेमा समेत जोड दिनुभएको थियो ।

उक्त तालिममा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र रामेछाप जिल्लाबाट गरी २० बचत तथा ऋण सहकारी संस्थाका २२ जना लेखा अधिकृत एवं लेखापाल कर्मचारीहरुको सहभागिता रहेको थियो । ५ दिवसीय उक्त तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइराला र अनुगमन अधिकृत दिपक अर्यालले गर्नुभएको थियो भने तालिम कार्यक्रम सञ्चालन सहजीकरण बनेपा फिल्ड कार्यालय इन्चार्ज रामप्रसाद सापकोटाले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न