उत्पादक, उपभोक्ता, श्रमिक र बहुउद्देश्यीय सहकारीलाई उद्योग खोल्न अनुमति


काठमाडौं । सरकारले उत्पादक, उपभोक्ता, श्रमिक र बहुउद्देश्यीय सहकारीलाई उद्योग खोल्न पाउने व्यवस्था गरेको छ । औद्योगिक व्यवसाय ऐन कार्यान्वयनका लागि औद्योगिक व्यवसाय नियमावली जारी गर्दै सहकारीले उद्योग दर्ता गर्न पाउने व्यवस्था गरेको थियो भने बचत तथा ऋण कारोबार गर्ने वित्तीय सहकारी संस्थाहरुलाई भने उद्योग स्थापना गर्न नपाइने उल्लेख गरिएको
छ ।

उक्त प्रावधानका लागि सहकारीकर्मीले लविङ गर्दै आएका र हालसम्म उद्योग खोल्नका लागि सहकारी संस्थाहरुले छुट्टै कम्पनी दर्ता गर्दै आएका छन् भने अब सहकारीकै नाममा उद्योग खोल्न सकिने भएको छ ।

त्यसैगरी उद्योग खोल्न चाहने सहकारी संस्थाहरुले संस्थाको विनियम, उद्योग सञ्चालन गर्न साधारणसभाले गरेको निर्णय, उद्योग स्थापना हुने स्थानीय तहको सिफारीस अघिल्लो आर्थिक वर्षसम्मको लेखापरिक्षण प्रतिवेदन र सेयर सदस्यको लागत सहितको विवरणसहित आवेदन दिन सक्ने उद्योग विभागले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नयाँ निर्देशन जारी गर्ने अन्तिम तयारीमा विभाग
उच्चस्तरीय पर्ल्स अनुगमन प्रणाली तालिम सञ्चालन
ललितपुरमा साकोसहरुबीच असल सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न
साकोसका नगद परिचालक तथा रिसेप्सनिष्टहरुको क्षमता विकास तालिम सम्पन्न