ऋणको कानुनी प्रक्रिया तथा धितो मुल्याङ्कन तालिम सञ्चालन


भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को वित्तीय सेवा प्रवर्धन उपसमितिको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा साकोस कर्मचारीहरुका लागि ऋणको कानुनी प्रक्रिया तथा धितो मुल्यांकन तालिम सम्पन्न भएको थियो । भक्तपुरमा संघका कोषाध्यक्ष एवं उपसमितिका संयोजक कान्छाभक्त घजुले संघको मुख्य काम तालिम शिक्षा, अन्तरलगानी र अभियान भएको बताउदै बचत तथा ऋण सहकारीको मुख्य सम्पत्ती ऋण लगानी भएकाले सुरक्षित लगानीको आवश्यकता औल्याउनुदै सहकारीमा ऋणको कानुनी प्रक्रिया र धित्तोको सहि मुल्यांकन हुन नसक्दा हुने जोखिम न्यूनिकरणका लागि तालिमले टेवा पुर्याउने विश्वास समेत व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी अतिथि महानगरीय प्रहरी बृत्त ठिमीका डि.एस.पी. हरिनन्दन चौधरीले सहकारी संस्थाहरुमा चोरीको घट्ना बढेको र चोरी हुन नदिन सहकारी संस्था सचेत हुनुपर्ने बताउदै उहाँले सहकारीको भौतिक सम्पत्ती, फाइल, साइबर, भल्ट, काउन्टर लगायतको सुरक्षाका लागि अपनाउनुपर्ने सुरक्षात्मक उपाय र सावधानीहरुबारे समेत जानकारी गराउनुभएको थियो ।

उक्त संघका व्यवस्थापक बालकृष्ण धोजुले संघका सदस्य संस्थाहरुको संस्थागत विकास, सञ्चालक र कर्मचारीको क्षमता अभिवृद्धि हुने तालिम तथा कार्यक्रम संघले निरन्तर सञ्चालन गर्दै आएको बताउदै सिकेका कुराहरु व्यवहारमा उर्तानुपर्नेमा जोड दिनुभएको थियो भने सहजकर्ता इन्जिनियर युवराज ढकालले बचत तथा ऋण कारोबार गर्ने सहकारीको लागि धितो मुल्यांकनबारे जानकारी राख्नुपर्ने आवश्यकता औल्याउनुभएको थियो ।

त्यसैगरी सहभागी उदय बचत तथा ऋण सहकारी संस्था लि. का शिवराम बोहजुले तालिमले पुन ताजकिकरण गर्नुका साथै नयाँ कुरा सिक्न उर्जा थपेकोमा खुसी व्यक्त गर्दै तालिमको निरन्तरताका साथै विषय विज्ञहरुबाटै तालिम सञ्चालनमा जोड दिनुभएको थियो । उक्त उपसमितिका सदस्य राजाराम गोसाईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने तालिममा सदस्य संस्थामा कार्यरत ५० जना ऋण संयोजक एवम् ऋणमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन