नवलपरासीको गरिबी निवारण चन्द्रज्योति साकोस प्रोबेसन कार्यक्रममा आबद्ध


नवलपरासी । मध्यविन्दु –३, इटौराको गरिबी निवारण चन्द्रज्योति बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कूनको गुणस्तर सुनिश्चितता सम्बन्धी राष्ट्रिय कार्यक्रम प्रोबेसनमा आबद्ध भएको थियो । यस सम्बन्धमा नेफ्स्कून र गरिबी निवारण चन्द्रज्योति साकोसबीच औपचारिक सम्झौता भएको थियो ।

उक्त साकोसको कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रम बीच साकोसका अध्यक्ष मिनबहादुर थापा र नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत सुरज चालिसेले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो भने हस्ताक्षर कार्यक्रममा साकोसका सचिव कमलप्रसाद पाठक, कोषाध्यक्ष प्रभा गिरी, सञ्चकलहरु क्रमशः मायादेवी सापकोटा, छविलाल न्यौपाने, हेमन्ता बस्ताकोटी, तारादेवी सिग्देल वोहरा र व्यवस्थापक गोमाकुमारी शर्मा उपस्थित हुनुभएको थियो ।

त्यसैगरी १ हजार २३५ सदस्यहरु माझ वित्तीय पहुँच पुर्याउँदै आएको समुदायमा सञ्चालित गरिबी निवारण चन्द्रज्योति साकोसको ६ करोड ७५ लाखको वासलात रहेको अध्यक्ष थापाले जानकारी गराउनुभएको थियो भने सो साकोसको स्थापना २०६३ मंसिर ७ गते भएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन