‘नेशनल युथ फोरमः कोअपरेटिभ अन्ट्रप्रेनियरसीप २०२२’ काठमाडौंमा सुरु


काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लि. नेपालको आयोजनामा आजबाट काठमाडौंमा २ दिने ‘नेशनल युथ फोरमः कोअपरेटिभ अन्ट्रपेयिरशीप२०२२’ सुरु भएको छ । सहकारीलाई प्रविधि र उत्पादनसँग जोड्नुपर्ने बहस चलिरहेको बेला महासंघले यस वर्षको राष्ट्रिय सहकारी दिवसको आदर्श वाक्य ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ लाई समेत सहयोग पुग्ने गरी युवाहरुलाई सहकारी माध्यमबाट प्रविधि र उद्यमशीलताको तिर्खा जगाउन फोरम आयोजना गरेको हो । उक्त फोरमको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गर्नुभएको थियो ।

महासंघका सञ्चालक एवम् युवा समन्वय उपसमितिका संयोजक सागर ढकालको सभापतित्वमा भएको कार्यक्रममा महासंघका अध्यक्ष मिनराज कँडेल, निवर्तमान अध्यक्ष केशबप्रसाद बडाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राष्ट्रिय सहकारी विकास बोर्डका सह-अध्यक्ष मित्रराज दवाडी, महासंघका अध्यक्ष मिनराज कँडेल, बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, महासंघका सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरु, महासंघकी महाप्रबन्धक चित्राकुमारी थामसुहाङ सुब्बा लगायत देशभरबाट साढे २ सय भन्दा बढी युवा सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

उक्त फोरममा प्रमुख अतिथि मन्त्री पौडेलले युवाहरुमार्फत नै भौतिक र मानसिक समृद्धि हासिल गर्न सकिने दाबी गर्दै त्यसको साधन सहकारी हुने विश्वास व्यक्त गर्नुभएको थियो । सहकारीको बलियो पुँजी र जनशक्तिलाई उद्यमशीलता तथा रोजगारीमार्फत मुलुकको समृद्धितर्फ लान सकिने भन्दै उहाँले त्यसका लागि नीतिगत तथा कानुनी अड्चन समाधान गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो भने हिजोको युवाले राजनीतिक अधिकार प्राप्तिमा भूमिका खेलेको भन्दै अबको युवाले आर्थिक र मानसिक समृद्धिमा योगदान पुर्याउनुपर्ने धारणा  समेत राख्नुभएको थियो ।

त्यसैगरी जमीन, श्रम, पुँजी र उद्यमशीलताको उचित सम्मिश्रणले नै समृद्धि हासिल हुने भन्दै सचिव थपलियाले सहकारीले श्रम र रोजागरीलाई जोड दिनुपर्ने समय आएको बताउदै सहकारी क्षेत्रलाई अझ राम्रो बनाउन वातावरण तयार गर्ने काममा सरकार सहयोगी बन्ने उहाँले उल्लेख गर्नुभएको थियो ।

उक्त कार्यक्रममा महासंघका अध्यक्ष मिनराज कडेल, पूर्व-अध्यक्ष केशब बडाल, बोर्डका सह-अध्यक्ष मित्रराज दवाडी, महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, सभाध्यक्ष सागर ढकाल, महासंघकी महाप्रबन्धक चित्राकुमारी थामसुहाङ् सुब्बा लगायतका वक्ताहरुले युवा, उद्यमशिलता तथा रोजगारीमा जोड दिदैं सहकारीमा युवाहरुलाई भित्र्याई समृद्धिसँग जोडिएका मेगा अभियान सञ्चालन गरिनुपर्ने र त्यसको लागि कानुनी वातावरण निर्माणमा सरकारको सहजीकरण आवश्यक हुने तर्क समेत राख्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन