सिद्धि गणेश साकोसका कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न


भक्तपुर । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ कर्मचारी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको थियो । कार्यक्रमको समापन कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले संस्थाको प्रगतिमा सञ्चालक समितिले व्यवस्थापनबाट सकारात्मक नतिजाको धेरै अपेक्षा राख्ने र सो अपेक्षा पुरा गर्नमा तालिमले मद्दत पुर्याउने आशा व्यक्त गर्दै तालिमले सदस्यहरुलाई दिने सेवा सुविधामा थप प्रभावकारिता ल्याउने आशा समेत व्यक्त गर्नुभएको थियो । उहाँँले सिद्धि गणेश साकोसले नाफा तथा उच्च लाभांश वितरणलाई भन्दा पनि सदस्य तथा समुदायको आर्थिक स्तर विकासलाई ध्यान राखी कार्य सम्पादन गर्दै आइरहेको दाबी गर्नुभएको थियो ।

उक्त तालिम सहजकर्ता नेफ्स्कूनका तालिम अधिकृत सुमनराज घिमिरेले कुनै पनि तालिमले सहभागीहरुलाई मार्गनिर्देश मात्रै गर्ने भएकोले तालिमबाट प्राप्त ज्ञानको कार्यान्वयन तहले मात्र तालिमको सफलता निर्धारण गर्ने भन्दै संस्थाले तालिम मार्फत कर्मचारीहरुमा लगानी गर्ने भएकोले तालिम नतिजामुखी हुनपर्नेमा जोड दिनुभएको थियो ।

त्यसैगरी संस्थाका वित्त तथा प्रशासन अधिकृतले तालिमको प्रतिवेदन तथा ऋण अधिकृत राजेश लाखाजुले तालिम सम्बन्धि मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गरेको समापन कार्यक्रममा संस्थाकी का.मु व्यवस्थापक शिला गोसाईले पनि तालिमका सम्बन्धमा धारणा राख्नुभएको थियो ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन