महिला अभियानले निःशुल्क आँखा शिविर गर्ने


बालकोट, मंसिर १४ । महिला अभियान बचत तथा ऋण सहकारी संस्थाले यहीँ मंसिर २७ गते निःशुल्क आँखा शिबिर गर्ने भएको छ । आँखा शिबिरको तयारीका लागि विभिन्न वडामा भेला सम्पन्न भइरहेका छन् ।
संस्थाकी अध्यक्ष सिर्जना तिवारीले निःशुल्क आँखा शिबिरको तयारीका लागि वडा नम्बर ४र ५ मा भेला सम्पन्न भइसकेको र १,२ र ३ वडामा भेलाको तयारी भइरहेको बताउनुभयो । आँखा शिबिर महिला अभियान सहकारीको नजिकै बालबिनायक प्राविको प्र्रांगणमा हुने भएको छ । विपि नेत्र प्रतिष्ठानको प्राविधिक सहयोग र लायन्स क्लव लालबन्दीले आर्थिक सहयोग मा आँखा शिबिर हुन लागेको हो । शिबिरमा सदस्य, गैर सदस्य सबैलाई सेवा दिने अध्यक्ष तिवारीले बताउनुभयो । त्यस्तै मोतिबिन्दुको अपरेसन र औषधीहरुसमेत निशुल्क दिइने संस्थाले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन