गुल्मी । जिल्लाको गुल्मीदरबार गाउँपालिकासँग आधारशिला कार्यक्रममा सम्झौता भएको थियो । उक्त कार्यक्रम नेफ्स्कूनले स्थानीय तहसँगको समन्वयमा सबै प्रकृतिका सहकारीहरुको सुशासन, वित्तीय स्थिरता, संस्थागत सक्षमता विकास आदिमा सहयोग पुर्याउने उद्देश्यले सञ्चालन गरेको थियो । त्यसैगरी गाउँपालिकाको कार्यालयमा भएको सम्झौता कार्यक्रममा पालिकाकी कार्यवाहक अध्यक्ष मिना भण्डारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, सहकारी शाखा प्रमुख नवराज घिमिरे र नेफ्स्कूनका तर्फबाट संघको पोखरा फिल्ड कार्यालय इन्चार्ज यमकला सुवेदी र रुपन्देही फिल्ड कार्यालय इन्चार्ज छत्रप्रसाद धमला लगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा गाउँपालिकाकी कार्यबाहक अध्यक्ष भण्डारीले नेफ्स्कूनले सञ्चाललन गरेको आधारशिला कार्यक्रमले पालिकाका सहकारीहरुको संस्थागत विकासमा महत्वपूर्ण योग्दान गर्ने विश्वास व्यक्त गर्नुभएको थियो भने सो गाउँपालिका भर हाल विभिन्न प्रकृतिका गरी २१ वटा सहकारीहरु सञ्चालनरत रहेका छन् ।
Leave a Reply