पुतलीबजार नगरपालिकाका सहकारीहरुको अवस्था विश्लेषण तथा समिक्षा गोष्ठी सञ्चालन

स्याङ्जा । नेफ्स्कूनले स्थानीय तहसँगको सहकार्यमा सञ्चालन गरेको आधारशिला कार्यक्रम अन्तर्गत स्याङ्जाको पुतलीबजार नगरपालिकामा सहकारी संस्थाको अवस्था विश्लेषण तथा समिक्षा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको थियो ।

उक्त स्याङ्जा जिल्ला बचत संघका अध्यक्ष रविन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथिमा पुतलीबजार नगरपालिकाका निमित्त प्रमुख बाबुराम बराल हुनुभएको थियो भने सो स्थानीय तहसँगको सहकार्य र समन्वयमा सबै प्रकृतिका सहकारीहरुको सुशासन, वित्तीय स्थिरता, संस्थागत सक्षमता विकास लगायतका क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यसहित सञ्चालनमा रहेको आधाशिला कार्यक्रम विभिन्न स्थानीय तहसँगको सम्झौता कार्यान्वयन मार्फत अगाडि बढीरहेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

उक्त कार्यक्रमका प्रमुख अतिथि बाबुराम बरालले सहकारी क्षेत्रको विकास र प्रवर्धनमा आधारशिला कार्यक्रम कोशेढुङ्गा रहेको बताउदै कार्यक्रमको निरन्तरताले पालिका भित्रका सहकारीहरुको विकासमा टेवा पुगेको र सकारात्मक प्रभाव पारेको समेत प्रष्ट्याउनुभएको थियो ।

त्यसैगरी जिल्ला बचत संघका अध्यक्ष रविन्द्रप्रसाद श्रेष्ठले गण्डकी प्रदेशमै पहिलोचोटी पुतलीबजार नगरपालिकासँग आधारशिला कार्यक्रम कार्यान्वयन अगाडि बढेको र यसलाई अझ विस्तार गर्ने क्रममा लक्ष्य अनुरुप काम गर्न नसकिएको बताउनुभएको थियो भने उक्त आधारशिला कार्यक्रमले सहकारी क्षेत्रको जागरण, विकास, प्रवर्धन र सञ्जालिकरण गरी ४ चरण मार्फत सहकारीहरुको दीगो संस्थागत विकास र सदस्यहरुको जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका रहने विचार समेत व्यक्त गर्नुभएको थियो ।

 

 

 

 

 

 

 

 

कार्यक्रममा नगरपालिकाका बरिष्ट अधिकृत धनप्रसाद कोइराला, लेखा अधिकृत भोजराज ढकाल, सहकारी शाखा प्रमुख विष्णुप्रसाद ढकाल, जिल्ला सहकारी संघका उपाध्यक्ष सङ ताम्राकार, बचत संघका व्यवस्थापक हुमनारायण नेपाल लगायत ३५ सहकारीका प्रतिनिधिहरुसहित ४६ जनाको उपस्थिति रहेको थियो ।

त्यसैगरी पुतलीबजार नगरपालिकामा ७५ सहकारी सञ्चालनमा रहेका छन् । जसमध्ये आज करिब ३५ सहकारीका प्रतिनिधिहरुसँग समिक्षात्मक गोष्ठी सञ्चालन भएको थियो भने भोलि सोही स्थानमा बाँकी सहकारीहरुसँगको कार्यक्रम सञ्चालन हुने नेफ्स्कून पोखरा फिल्ड कार्यालयकी इन्चार्ज यमकला सुवेदीले जानकारी गराउनुभएको थियो । उक्त कार्यक्रम सञ्चालन फिल्ड कार्यालयकी इन्चार्ज यमकला सुवेदीले र सहजीकरण नेफ्स्कूनका कार्यक्रम अधिकृत रिता सुवेदीले गर्नुभएको थियो ।

 


Posted

in

, , ,

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *