काठमाडौँ क्षेत्र नं. २ मा एलाइन्स गठन


काठमाडौँ, नेशनल कोअपरेटर्स एलाइन्स नेपालले काठमाडौँमो २ नम्बर निर्वाचन क्षेत्रमा क्षेत्रिय समिति गठन गरेको छ । हिजो थलि स्थित कोलमतेश्वार बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा आयोजित क्षेत्रिय भेलाले कोलमतेश्वोरका उपाध्यक्षको संयोजकत्वमा ६ सदस्यिय क्षेत्रिय तदर्थ समिति गठन गरेको हो । भेलालाई सम्बोधन गर्दै २ नं. क्षेत्रबाट निर्वाचित संविधानसभाका सभासद दीपकप्रसाद कुईँकेलले सहकारी जनताको हितका लागि काम गर्ने संस्था भएकाले कुनै पार्टी विशेषको कब्जाबाट मुक्त गरि प्रजातान्त्रित मूल्य र मान्यता अनुरूप चलाउनु पर्ने धारणा राख्नुभयो । कुईँकेलले क्रान्ति र निर्माण दुई अलग बाटो भएको र सहकारीले ध्वंसको होइन निर्माणको बाटोमा समाजलाई डोहोर्यनउने विचार व्यक्त गर्नुभयो । एलाइन्सका केन्द्रीय अध्यक्ष दीपकप्रकास बासकोटाले सहकारीमा सहमतिको पद्धति बसाल्न खोज्दा बामपन्थीहरू कब्जाको रणनीतिमा गएको आरोप लगाउनुभयो । बासकोटाले एलाइन्सको संगठनले सहकारीमा प्रजातान्त्रिक पद्दतिको बिजारोपण गर्ने विचार व्यक्त गर्नुभयो । एलाइन्सका सचिव चन्द्र ढकालले बी.पी. कोइरालाले इजरायल भ्रमणबाट सिकेर नेपालमा सहकारीको अवधारणा भत्र्याएको तर पञ्चायतकालमा राज्य नियन्त्रित सहकारी सफल हुन नसकेको भन्दै फेरी पनि सहकारीलाई आफ्नो स्वार्थपूर्तिका लागि प्रजातान्त्रिक मूल्य भन्दा भिन्न राखेर अघि बढाउन केहि राजनीतिक दलहरू लागि परेको भन्दै यसबाट समयमै सहकारी क्षेत्रलाई जोगाउनु पर्ने आवश्यक्ता औँल्याउनुभयो ।IMG_1814 एलाइन्स कै सचिव सिताराम काफ्लेले विश्वमै थोत्रिएको कम्युनिष्ट विचारधारा बोक्नेहरूले प्रजातान्त्रिक पद्दतिमा चल्ने सहकारीलाई हाम्रो हो भनेर दाबि गर्नुको कुनै तुक नभएको बताउनुभयो । कोलमतेश्वर साकोसका अध्यक्ष कुशश्री न्यौपानेले प्रजातन्त्रबादीहरू गैरप्रजातान्त्रिक शक्तीसँग सधैँ लडिरहनुपर्ने रहेछ भन्ने आफ्नै जीवनभर भोगेको बताउनुभयो । न्यौपानेले सत्यको लडाईँमा एक्लो भएपनि पछि हट्न नहुँने धारणा राख्नुभयो । नवनियुक्त क्षेत्रिय संयोजक शिवहरी पौडेलले एलाइन्सलाई यस क्षेत्रमा अझ व्यापक बनाउने र सबै प्रारम्भिक संस्थालाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । एलाइन्सको क्षेत्र नं. २ मा शिवहरी पौडेलको संयोजकत्वमा शंकर तिवारी, भाईकाजि अधिकारी, जयराम पुडासैनी, अनिता अधिकारी, सुमन जीसी सदस्य रहेको तदर्थ समितिको नामावली एलाइन्सका केनद्रीय सचिव सिताराम काफ्लेले घोषणा गर्नु भएकोमा सम्पूर्ण सहभागीबाट सर्वसम्मत पारित भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने