काठमाडौं । राष्ट्रिय सहकारी महासंघद्धारा बागमती प्रदेश सहकारी विकास वोर्डको सहयोगमा जिल्ला सहकारी संघमा कार्यरत व्यवस्थापकहरुलाई लक्षित गरी तीन दिवसीय व्यवसायिक क्षमता विकास तालिम प्रारम्भ भएको थियो । उक्त तालिम कार्यक्रमको उद्घाटन शत्रमा वोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका वोर्ड सदस्य ओमदेवी मल्लले सहकारी संघ-संस्थाहरुमा व्यवस्थापकको महत्व अत्यन्त भएको तथ्य औल्याउदै बागमती प्रदेशमा रहेका १३ वटा जिल्ला सहकारी संघहरुलाई व्यवसायिक रुपमा नै नमूना बनाउने उद्देश्यकासाथ महासंघले काम गरिरहेको समेत बताउनुभएको थियो ।
त्यसैगरी प्रमुख अतिथिको रुपमा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष तथा महासंघका सञ्चालक नारायणप्रसाद देवकोटाले बजेट कार्यान्वयन र तालिम सञ्चालन प्रकृयालाई नै परिवर्तन गर्नुपर्छ भन्ने मान्यताले बागमती प्रदेश सहकारी विकास बोर्डले राष्ट्रिय सहकारी महासंघसंग सहकार्य गरेको र महासंघ मार्फत जिल्ला सहकारी संघका व्यवस्थापकहरुको क्षमता विकास तालिम सञ्चालन गर्दा प्रदेशका सबै सहकारी संघहरुलाई समेटिने विश्वास रहेको बताउनुभएको थियो ।
सोही अवसरमा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाले जुन सहकारी संघ-संस्थाहरुमा व्यवस्थापक सक्षम छन तिनै सहकारी संघ-संस्थाहरु सवल, चुस्त र व्यवसायिक रुपमा सफल भएको पाइएको बताउँदै आफ्ना सदस्य सहकारी संघहरुलाई समय सापेक्ष रुपमा सवल र व्यवसायिक बनाउने कार्यमा महासंघ लागिपरेको समेत बताउनुभएको थियो ।
उक्त तालिम व्यवस्थापकको नेतृत्वशिलता एवं सञ्चालकसँगको सम्वन्ध विषयमा महासंघका महाप्रवन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बा त्यसैगरी वार्षिक योजना तथा कार्यक्रम निर्माण विषयमा महासंघका वरिष्ठ प्रवन्धक तेजप्रसाद गौतम एवं वस्तु तथा सेवा निर्माण विषयमा महासंघकै अनुगमन अधिकृत अचुतम थापाले सहजिकरण गर्नुभएको थियो ।
Leave a Reply