जिल्ला बचत संघ मोरङको आयोजनामा कर व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न


मोरङ । नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला बचत संघ मोरङको आयोजनामा संघको तालिम हल बेलबारीमा सहकारीमा कर व्यवस्थापन सम्बन्धी एक दिवसीय तालिम सम्पन्न भएको थियो । उक्त तालिममा मोरङ जिल्लाका साकोसहरुबाट व्यवस्थापक तथा लेखा हेर्ने कर्मचारीहरुको सहभागिता रहेको थियो ।

त्यसैगरी तालिम कार्यक्रम जिल्ला बचत संघ मोरङका अध्यक्ष सोमनाथ निरौलाको अध्यक्षतामा भएको थियो भने तालिममा गोग्राह साकोस, शिसौली साकोस, दिपज्योति नारी विकास साकोस, जनकल्याण साकोस, वीरेन्द्रनगर साकोस, नमुना साकोस, न्यू जनएकता साकोस, भृकुटी साकोस, सातमेडी साकोस, जागरुक साकोस, ईश्वर साकोस, सौगात साकोस, शनिश्चरे साकोस, शिरडी साकोस, नेवाः साकोस, दौंतरी बलिया साकोस, पञ्चमुखी साकोस, जागृति साकोस, जनमुखी साकोस, पुष्पज्योति साकोस, भुल्के साकोस, सलकपुर साकोस, जनप्रेमी साकोस, लालीगुराँस साकोस, एकता भलुवा साकोस, नवयुग साकोस र मिलिजुली साकोस गरी २७ बचत तथा ऋण संस्थाबाट कर्मचारीहरुको सहभागिता रहेको थियो ।

उक्त तालिमको सहजीकरण जिल्ला बचत संघ मोरङका कार्यक्रम अधिकृत रामकुमार दाहालले, व्यवस्थापक केदारनाथ दुलालले स्वागत मतव्य र कार्यक्रम सञ्चालन प्रेमप्रकाश कोइरालाले गर्नुभएको थियो भने सहभागी कर्मचारीहरुले तालिम निकै व्यवहारिक र उपलब्धिमूलक रहेको बताउँदै संघको नियमित सम्पर्कमा रहेर आगामी तालिमहरुमा समेत सहभागी हुने प्रतिवद्धता व्यक्त गरेका थिए ।

 

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कूनद्वारा सदस्य संघ संस्थाहरूका लागि “एकीकृत स्वनियम मार्गनिर्देशन–२०७९” जारी
“एकीकृत साकोस सञ्जालका लागि साझा प्रविधि” भन्ने यस बर्षको अभियानको थिम सार्वजनिक
सहकारी विभागद्वारा सहकारी संघ संस्था र सदस्यहरुका लागि निर्देशन जारी
दोलखामा कोपोमिस तालिम सञ्चालन